राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा आइडियल बोर्डिङका सुवेदी तेस्रो

  • फागुन १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् ।

नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला  प्रतियोगितामा उनी दोस्रो भएका थिए ।

2 1

देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पुगेका थिए । देशको हरेक शिक्षालयबाट ३/३ जना विद्यार्थी अन्तिम प्रतिष्पर्धाका लागि छानिएका थिए ।

प्रधानसेनापति प्रभुराम शर्माले विजेताहरूलाई प्रमाणपत्रसहिहत नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका कारण देशका विभिन्न भागबाट आएका विद्यार्थीहरूसँग चिनजान गर्न पाउँदा धेरै खुशी लागेको सुवेदीले सुनाए । ‘फरक फरक स्थान, विभिन्न भाषा, धर्म–संस्कार भएका साथीहरूसँगको भेटघाट र कुराकानीले नयाँ अनुभूति भएको छ ।’

उनले भने । त्यसमा पनि प्रधानसेनापतिबाट पुरस्कार प्राप्त गर्नु आफ्ना लागि जीवनकै ठूलो हौसला र उपलब्धि भएको उनको भनाइ छ । राष्ट्रिय स्तरको वक्तृत्वकला  प्रतियोगितामा आफ्नो विद्यालयका विद्यार्थी तेस्रो हुनु आइडियल स्कुलका लागि मात्र नभएर समग्र धरानकै लागि गौरवको विषय भएको स्कुलका निर्देशक सागर खड्काले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved