२३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप " एभिनियर क्यामरुन फाइनलमा"

  • फागुन १९, २०७९
  • " स्नेहा श्रेष्ठ"
alt तस्विर:लक्ष्मण थापा

विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो ।

क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे ।

IMG20230302172628

शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पनि उसले हार बेहोर्यो ।

प्रतिस्पर्धात्मक खेलको ११ औं र १५ मिनेटमा जर्सी नम्बर ६ लगाएर मैदानमा उत्रिएका कप्तान कोमल खवासको फ्रिकिकलाई एभिनियरका गोलकिपर तासो अलाइनले उत्कृष्ट बचाउ गरे ।

खेलको बिसौं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी संजय धिमालको काउन्टर अट्याक निश्फल बन्यो । तीसौं मिनेटमा जर्सी नम्बर ११ का सागर बिकले डिबक्सभित्रबाट गरेको प्रहार गोलरक्षक तासोले बचाए । ३२ औं मिनेटमा जर्सी नम्बर १० का खेलाडी गिल्सन गिरीको पासलाई धीर विष्टले गोलमा परिणत गर्न सकेनन् ।

४२ औं मिनेटमा सान याक्खाको फ्रिकिकसमेत गोल रक्षकले नियन्त्रणमा लिए । दोस्रो हाफको चौंथो मिनेटमा सागर विकको पासमा पाएको बललाई सागर खड्काले विपक्षी गोलरक्षकको हातमा सुम्पिए ।

दोस्रो हाफमा पनि एन्फा मोरङले पाएका केही अवसर सदुपयोग गरेन । २४ औं मिनेटमा सुजन चौधरीले गरेको काउन्टर अट्याक आकाशिएको थियो । ३७ औं मिनेटको फ्रिकिक बाहिरिएको थियो । ४१ औं मिनेटमा सागर विकको क्रससमेत विफल भयो ।

तुलनात्मक रुपमा एन्फा मोरङभन्दा कम अवसर प्राप्त गरेको क्यामरुनले स्कोर गर्दा खेल उसको पक्षमा गयो । क्यामरुनले लगातार पहिलो हाफमा चारवटा काउन्टर अट्याक गरेको थियो । दुई वटा अट्याकलाई एन्फा मोरङका गोलरक्षक प्रमिजय गच्छदारले बचाउ गरेका थिए । दुई ‘अट्याक’ ‘क्रसबार’माथि बाट गएको थियो ।

एभिनियर एफसीका प्रशिक्षक आशिक थापा मगरले टिमले राम्रो खेल प्रदर्शन गरेको को प्रतिक्रिया दिए । फाइनलमा उपाधि जित्ने गरी तयारी गरिएको प्रशिक्षक मगरले बताए । मोरङका प्रशिक्षक रानु राना मगरले युवा खेलाडीहरुले बलिया विदेशी खेलाडीसँगको खेलमा राम्रै खेल प्रदर्शन गरेको बताए ।

‘फिजिकल रुपमा हामी विक थियौं, तर पनि हाम्रै असावधानीका कारण नतिजा फरक आयो,’ प्रशिक्षक राना मगरले भने, ‘हामीले पहिलो गोललाई अफसाइड अपिल गरेका थियौं, तर त्यसो हुन सकेन, दोस्रो गोल भने हाम्रै असावधानीका कारण हुनपुग्यो ।’

खेलको म्यान आफ दि म्याच क्यामरुनका डिन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । क्यामरुनले शनिबार उपाधिको लागि काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाको सामना गर्नेछ ।

झापा यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved