क्रिकेट प्रतियोगिताको उपाधि सरस्वतीलाई

  • फागुन १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केसलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ ।

सरस्वतीले बिहीबार भएको फाइनल खेलमा सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । जस्मा सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँदा रामनारायण यादव, रोहन मण्डल र सुमन यादवले समान २–२ विकेट लिए ।

१ सय २१ रनको लक्ष्य पछ्याएको सरस्वतीले २७ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा रामनारायण यादवले अविजित ४० रन जोड्दा आयूस सेन्चुरीले २६ रन, दिपेन्द्र राजवंशीले १९ रन र अविशेक साहले १० रन जोडे । सत्यनारायणका आकाश यादवले ३ विकेट लिँदा अमर यादव, कृष्ण यादव र राहुल सरबरियाले १–१ विकेट लिए ।
फाइनल खेलको म्यान अफ फाइनल सरस्वतीका अलराण्डर खेलाडि रामनारायण यादव घोषित भए ।

यादव प्रतियोगिताको उत्कृष्ट खेलाडि समेत भए । उत्कृष्ट ब्याटर बुढानिलकण्ठ स्कूलका अर्नभ भट्टराई, उत्कृष्ट बलर सरस्वतीका रोहन मण्डल, उत्कृष्ट विकेट किपर सत्यनारायणका दिपक यादव तथा उदयमान खेलाडि सत्यनारायणका आकाश यादव भए ।

फागुन ११ गतेदेखि भएको लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरका निजि तथा सामुदायिक स्कूलगरि ८ वटा स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि कोशी प्रदेशका साँसद पूर्व आन्तरिक तथा कानुन मन्त्री केदार कार्की, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडि पारस लुनिया, क्यानका केन्द्रीय सल्लाहकार नरेश श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडि महमद साद वाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved