दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा

  • फागुन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरलेख अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क विमा पाईसेकेका छन् ।

इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भएसँगै सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो ।

साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । मेयर पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निशुल्क स्वास्थ्य विमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्ने छ ।

मेयर पौडेल भन्छन् यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य विमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्। वर्षौदेखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्दत मिल्नेछ ।

भवितव्य रुपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिब तथा विपन्नहरुको निःशुल्क विमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषत आर्थिक रुपमा कमजोर भएका घरपरिवार विमाको सेवाबाट टाँढा रहेका छन् । तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नोे घोषणापत्रमा अनुरुप स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनको भनाई छ ।

अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा भनिएको छ । वडा कार्यालय सँगको समन्वयमा घरबाटै बीमामा आवद्ध हुने व्यवस्था गरिएको इटहरी उपमहानगरले जनाएको छ । बीमा कर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर विमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved