नवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् । अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो ।

यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए ।त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए ।

निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, सुरेन्द्र स्थापित, हिमाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, विद्या शाक्य,मन्जुला श्रेष्ठ, विष्णु श्रेष्ठ, मोहन श्रेष्ठ, हरीकृष्ण श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शरदरत्न पार्थिवले जानकारी दिएका छन् ।

निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो जाति समुदायको भाषिक, सास्कृतिक राजनीतिक अधिकारको पक्षमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले कुनै पनि संस्था वा संगठन एक्लैले संचालन गर्न नसकिने वताउने संस्थालाई चलाएमान वनाउनको लागि टिमको महत्वपूर्ण भूमिका हुने भएकोेले सवैको सहयोग लिएर संस्थालाई अघि वढाउने वताएका छन् ।

श्रेष्ठले संस्थाले यस अघि गरेका कामहरुलाई संस्थागत गर्दै नया योजनाका साथ अघि वढने थप प्रतिवद्धता जनाएकाछन् ।

निर्वाचित सदस्यहरुमध्ये बाट एक महिला उपाध्यक्ष, २ पुरुष उपाध्यक्ष, १ महासचिव र १ सचिव र १ कोषाध्यक्ष चयन गरीने व्यवस्था विधानमा रहेको रहेको छ । निर्वाचित कार्यसमितिले १० जना मनोनित गरी २१ जनाको कार्यसमिति रहनेछ ।

निर्वाचित कार्यसमितिको पदस्थापना चैत ४ गतेका लागि तय गरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved