बहिरा संघलाई सहयोग गर्ने प्रतिबद्धता

  • फागुन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् ।
विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले बहिरा संघले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा थियो ।

अपाङ्ग मैत्री व्यवस्थापनमा महानगर लागिरहेको उनले बताइन् । अपाङ्गता भएकाहरुले सवलङ्ग सरह बाच्ने,खेल्ने र शिक्षा आर्जन गर्ने कुरामा कुनैपनि कमी हुन नदिने बताइन् ।
यस्तै रंगेली नगरपालिका मेयर दिलिप कुमार अग्रवालले मस्तिष्क पक्षघात देखि विभिन्न बौद्धिक अपाङ्गता भएकाहरुको संरक्षण गर्ने दायित्व राज्यको पनि भएको र यसका लागि सबैखाले सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

अपाङ्गता भएकाहरुको हेरचाह र संरक्षण गर्ने कार्य पनि कठिन भएको हुदा यसका लागि अतिरिक्त खट्ने व्यक्तिलाई समेत प्रोत्साहन र सहयोगको आवश्यकता रहेको औल्याए । उनले रंगेली नगरपालिकामा अपाङ्गता भएका व्यक्ति र गाह्रो साह्रो परेकाहरुलाई सहयोग गरिरहेको बताए । उनले अपाङ्गताको क्षेत्रमा काम गरिरहने संस्थाको प्रोत्साहन र कार्यक्रममा बजेटको व्यवस्था गर्ने बताए ।

यस्तै सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले अपाङ्गता भएका परिवारले मात्रै बोध गर्न सक्ने यसखाले समस्यालाई राज्यले उचित सहयोग गर्न नसकेको बताए । अपाङ्गता भएका व्यक्ति र तीनको परिवारमा जनचेतनामूलक कार्यक्रम र सहयोग संगै लानुपर्ने औल्याए ।

यसका लागि सुन्दरहरैँचा नगरपालिकाले काम गर्ने सहयोगी संस्थाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कोशी बहिरा संघका महासचिव रन्जन निरौला,कोषाध्यक्ष जीवन दाहाल,श्रवण दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष नर्मता नेपाल ,दोभाषे सन्तोषी तिवारी,पत्रकार कौशल निरौला,अविजाल विष्ट लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved