रजत जयन्तीमा प्रदेश १ स्तरीय वास्केटवल प्रतियोगिताको आयोजना

  • फागुन ४, २०७९
  • "स्नेहा श्रेष्ठ "
alt

विजयपुर / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो ।

फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।

dharan-uchha-pic

प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा विजेता हुने छात्रतर्फको टिमले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी छात्रातर्फ विजेता हुने टिमले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि नगद र प्रमाण–पत्र प्रदान गरीने छ ।

शिक्षा र खेलकुदबीच पारस्पारीक सम्वन्ध हुन्छ भन्ने कुरालाई अनुभुति गराउनको लागि प्रतियोगिताको आयोजना गर्न लागेको कलेज सञ्चालक समितिका सदस्य हेमचन्द्र अधिकारीले वताए ।

धरान उच्चले हिसान सुनसरीले आयोजना गरेको हिसान स्पोर्टमा छात्रातर्फको बास्केट बलको उपाधि जितेको थियो । पढाईका अतिरीक्त खेल क्षेत्रमा पनि कलेजलाई व्राण्डिङ गर्न लागि परेको प्रिन्सिपल ढुङ्गेलको भनाई रहेको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष शिव नारायण शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला, कलेजका सञ्चालक तथा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाङ, सञ्चालक समिति सदस्य गंगाप्रसाद चौलागाई, चन्द्र फोम्वो लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved