प्रेम दिवसमा प्रेमका कविता

  • फागुन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  यहाँस्थित दोभान पार्कमा मङ्गलबार झन्डै एक दर्जन कवि र केही स्रोताहरू भेला भएका थिए । उद्देश्य थियो, प्रेम–कविता सुन्ने र सुनाउने । यो चाँजोपाँजो मिलाइदिएको थियो– धरान–३ वडा कार्यालयले ।
प्रेम दिवसको अवसर पारेर धरान–३ ले केही वर्षयता हरेक वर्ष दोभान पार्कमा यस्तो कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै क्रममा मङ्गलबार पनि प्रेम दिवसकै दिन पारेर यसले कार्यक्रम आयोजना गरेको छ ।

330842754_739728554164445_503724684408727081_n

कार्यक्रममा चन्द्र गुरुङ, प्रदीप योङ्हाङ, इन्दु योन्जन, सन्तोष थेवे, सुदीप पाख्रिन, मिलन राई, हेनसेन याक्खा, विशाल नाल्बो, डा विशालबाबु भट्टराई, चेवन राईलगायतले कविता वाचन गरेका थिए ।
कलरव धरानले संयोजन गरेको कार्यक्रममा वडा सदस्य मनिष खड्गीले आफ्नो पूर्वप्रेमको प्रसङ्ग सुनाउँदा वातावरण साँच्चै नै प्रेमिल बन्न पुगेको थियो । स्रोताहरूले पनि कविता र प्रेम प्रसङ्गसम्बन्धी निजी अनुभूतिबाट आनन्द लिएका थिए । कवि सुदीप पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्ष विद्या शाक्य तथा वडा सदस्यहरू उषा सुब्बा र मिङ्मा भोटे पनि उपस्थित थिए । सो अवसरमा सुब्बा र भोटेले आप्mना धारणा सुनाएका थिए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved