विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन बन्ने

  • फागुन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङको विराटनगरको विमानस्थलमा टर्निमल भवन निर्माण हुने भएसँगै संंघीय सरकारका संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले सोमबार शिलान्यास गरेका छन् ।

भ्याटबाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको छ ।

टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र गौतमबुद्ध विमानल स्थलको क्रमश १५ र १४ हजार वर्ग मिटरको छ ।

विमानस्थलको धावनमार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको जनायएको छ ।

तीन वर्षभित्र टर्मिनल भवन निर्माण गर्ने जिम्मा निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ । साविकको टर्मिनल भवन २०२५ सालमा निर्माण भएको थियो । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङस्थल बनाउने तयारी छ ।विमानस्थलको टर्मिनल भवन प्रदेश १ को विकासमा कोशेढुङ्गा सावित हुने मन्त्री राईले बताएका छन् ।

उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्नसमेत निर्देशन दिए । उनले भने ‘जिम्मा लिएको काम तोकिएकै समयमा काम गर्नुहोस् ।यस्तै, विराटनगर विमानस्थलको धावनमार्ग पनि विस्तार गरिने भएको छ। महानिर्देशक अधिकारीका अनुसार धावनमार्ग २७० मिटर विस्तार गरिनेछ । विमानस्थलको धावन मार्ग एक हजार ५ सय मिटर छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको महानिर्देशक अधिकारीले बताए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved