भारतीय कष्टम विभागले दियो अनुमति " अब तेस्रो मुलुकबाट आउने सामान सिधै आउने"

  • फागुन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / चारलेन सडक सहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।

मोरग ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दिएपछि दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा सञ्चालनमा आएको थियो । यो अनुमतिले भारत लगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटबाट मुक्त भएका छन्। अब ४ किलोमिटर दूरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्छन ।

भारतको पटना स्थित कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गाे आयात निर्यात भइरहेको थियो । कष्टम विभागले नै सुचना जारी गरेपछि अब तेस्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्नै जनाउदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ ।

सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ। मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो ।पुल संचालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गाे आउने जाने गर्दथे ।

तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाका नै प्रयोग हुँदै आएको थियो । तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएको हो ।उनले यस अघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गाेको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सुचना जारी गरेको थियो ।

अहिले उक्त सुचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरि पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट माल आवत जावतका लागि सबैलाई जानकारी दिइएको जनाएका छन् ।एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल सञ्चालनमा आएको छ ।

पुल पूर्ण रुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधान भारतीय कष्टम हँुदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हँुदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।मोरंग व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नवीन रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिम नै पुल सञ्चालन गर्नका लागि परिचालन गरेका थिए ।

 

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved