प्रिन्स र रशिला क्वाटरफाइनलमा

  • फागुन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन्। सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अधिकारी पनि क्वाटरफाईनल पुगे ।बिधानले एक जित र एक वाकओभर प्राप्त गर्दै दुई जितका साथ क्वाटरफाइनल पुगेका हुन् ।

आजको खेलमा अधिकारीले पुलिका पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेका थिए ।पुरुषको समूह ए बाट नेपाल पुलिसका बिष्णु कटुवाल बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे। उनले दुई खेलमा जित र एक वाकओभरका साथ तीन खेल जित्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

आज सम्पन्न खेलमा कटुवालले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१६, २१–५ ले पराजित गरे । यस्तै यस समूहबाट रुकेश महर्जनले पनि उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाए । रुकेशले एक जित र एक वाकओभर प्राप्त गरेका थिए ।समूह सीबाट एपिएफका क्षितीज खनाल बिजेता र देवराज राना उपबिजेता बन्दै क्वाटरफाईनलमा स्थान पक्का गर्न सफल भए ।

क्षितीजले आफ्नो तीनै खेलमा जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । आज सम्पन्न खेलमा क्षितीजले देवराज रानालाई २१–१५, १८–२१, २१–१८ पराजित गरे । देवराजले अघिल्लो दुई खेलमा जित निकाल्दै उपबिजेता बनेका हुन् । यस समूहको अर्को खेलमा एपिएफका बिजीत थापा मगरले पुलिसका दीपक बोहरालाई पराजित गरे ।

अर्थहिन खेलमा मगरले बोहरालाई २१–१५, २१–१६ ले पराजित गरेका थिए ।समूह डी तर्फ आर्मीका प्रफुल महर्जन बिजेता र नेपाल पुलिसका सुनिल जोशीले उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाए । प्रफुलले तीन खेलमा तीनै खेलमा जित हात पारे । आज सम्पन्न खेलमा महर्जनले जोशीलाई २१–६, २१–१३ ले पराजित गरे ।

सुनिले तीनमा दुई खेललाई आफ्नो पक्षमा पार्दै क्वाटरफाईनल यात्रा तय गरेका हुन् । यस समूहको अर्को खेलमा क्वाटरफाईनलको प्रतिस्पर्धाबाट बाहिरी सकेका आर्मीका नरेन्द्र बम र अनिल मल्लविचको खेलमा बमले जित हात पारे । बमले मल्लमाथि १६–२१, २१–१९, २१–१५ ले पराजित गरे ।

अव क्वाटरफाईनमा पुलिसका बिष्णुले एपिएफका देवराजसंग,आर्मीका प्रफुलले कास्कीका बिधानसंग, आर्मीका रुकेशले एपिएफका क्षितीजसंग, पुलिसका सुनिलले पुलिसकै प्रिन्ससंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

महिला तर्फ शिर्ष १२ बरियताको एकल खेलमा समूह ए बाट आर्मीकी रशिला महर्जन बिजेता र पुलिसकी निता लम्साल उपबिजेता, समूह बी बाट आर्मीकी अमिता गिरी बिजेता र एपिएफकी शोभा गौचन उपबिजेता, समूह सी बाट आर्मीकी अनुमाया राई बिजेता र एपिएफकी सुनयना मुखिया उपबिजेता, समूह डी बाट एपिएफकी जेशिका गुरुङ्ग बिजेता र आर्मीकी प्राथना देउवा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।

आज सम्पन्न खेलमा आर्मीकी रशिलाले पुलिसकी नितालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपिएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपिएफकी जेशिका गुरुङ्गले आर्मीकी प्राथना देउवालाई २१–१०, २२–२० ले पराजित गरे ।

अव क्वाटरफाईनलमा रशिलाले सुनयना, जेशिकाले शोभा गौचन, निताले अनुमाया र अमिता गिरीले प्राथना देउवासंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved