उवासंघ अध्यक्षमा पराजुली निर्वाचित

  • फागुन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् । पराजुलीे १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतका अनुसार पराजुलीको निकटतम प्रतिद्वन्दी रञ्जु सिग्देल (चौलागाई) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरेकी छन् भन मणिन्द्रकुमार कटवालले ४० मत मात्र प्राप्त गरेका छन् । अध्यक्षमा कूल २,७९० मत खसेको थियो ।

होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्षसमेत रहेका पराजुलीले व्यवसायीका हक, हित तथा समस्या समाधानकालागि काम गर्ने बताए । उनले भने–‘मेरो कार्यकाल व्यवसायिको समस्या समाधान गर्नेतर्फ केन्द्रित रहन्छ, व्यवसायीहरुको समस्या समाधान गर्नेतर्फ मेरो प्राथमिकता हुनेछ ।’

निर्वाचनमा वाणिज्यतर्फ ९ जनामध्ये पराजुली प्यानलबाट ५ र सिग्देल प्यानलबाट ४ जना उम्मेदवारले जितेका छन् भने उद्योगको ४ जनामध्ये पराजुली प्यानलबाट एक जनाले जित हात पार्दा सिग्देल समुहका तीन जना निर्वाचित भएका छन् । महिला प्यानलतर्फ भने दुवै जना पराजुली प्यानलका छन् ।

वस्तुगततर्फ पनि सिग्देल र पराजुली टिमबाट १–१ जना निर्वाचित भएका छन् । यसरी संघमा सिग्देल प्यानलबाट ८ जना व्यवशायी निर्वाचित भएका छन् भने पराजुली प्यानलबाट अध्यक्षसहित १० जना निर्वाचित भएका छन् ।

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved