पाँचौ पुष्प व्यापार : मेलामा लक्ष्य अनुसारको व्यापार भएन "‘आपसी एकता र स्थानीय सरकारको असहयोग’"

  • फागुन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरानमा सम्पन्न पाँचौ पुष्प व्यापार तथा प्रदर्शन मेलाबाट आयोजकले सोचेजस्तो कारोबार गर्न सकेन । मेलामा आयोजकले मेला अवधिभर ७० लाखको कारोबार गर्ने अनुमान गरे पनि १० देखि १५ लाख मात्र कारोबार भएकोे जनाएको छ ।
आयोजक फ्लोरी कल्चर एसोसिएसनले पुष्प व्यापार तथा प्रदेशन मेलामा आयोजकको अपेक्षा अनुसार कारोबार नहुनुमा पुष्प व्यवासायीबीचको एकता र स्थानीय सरकारले गरेको असहयोग मुख्य कारण रहेको बताएका छन् ।

puuuss
५ दिनसम्म चलेको सो मेलामा स्थानीय सरकार प्रमुख एक पटक पनि अवलोकनका लागि नआएको आयोजकको गुनासो छ । मेलामा सक्रिय भएर शुरु देखि नै खटिनु भएकी व्यवसायी शिव वान्ताले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानलाई फूलको सहर बनाउने, धरानका विभिन्न ठाउँमा वृक्षरोपण गरेर हरियाली बनाउने अभियान चलाउदै हिडे पनि पुष्प व्यवसायीहरुको ५ दिने मेलामा एक पटक पनि मेला अवलोकनमा नआएको बताइन् । उनले भनिन्–‘मेयर साम्पाङको अभियान धरान फूलको सहर बनाउने हो,

हाम्रो अभियान पनि स्वदेशी फूलको प्रवद्र्धन गर्ने हो, सबैको एउटै उद्देश्य भएपनि उहाँ हाम्रो मेलालाई अवलोकन गर्न एक पटक मेला स्टलमा आउनु भएन, एक पटक आइदिएर अवलोकन गरिदिएको भएपनि हामीलाई हौसला मिल्ने थियो ।’

यता सर्वसाधारणले पनि पुष्प मेलामा स्थानीय सहयोग न्यून रहेको बताएका छन् । स्वदेशी उत्पादन बढाएर विदेशी फूल निर्यात कम गर्ने लक्ष्य लिएर आयोजना गरिएको सो मेलामा स्थानीय सरकारको खाँचो रहेको बताएका थिए । स्थानीय टंककुमारी गुरुङले धरानलाई फूलको सहर बनाउन फूल व्यवसायी र स्थानीय सरकार मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

मेला आयोजक समितका संयोजक रामकुमार राईले वास्तवमै स्थानीय सरकारले यसपटकको मेलामा वाइफास गरेर अगाडि बढेको महसुस भएको बताए । उनले मेला अवधिामा आफूहरुले सयपत्री फूलको उत्पादनका विषयमा तािलम दिइरहँदा मेयर साम्पाङ सर्दु खोलामा बेग्लै ढंगले अरुलाई तालिम दिइरहेको बताउदै पुष्प व्यवसायीहरुसँग मेयर साम्पाङले सहकार्य गर्ने छाटकाट कमै देखिएको बताए ।
नेपालमा २०११ सालदेखि पूष्प व्यवसाय सुरु भएको मानिन्छ । ६ सय ९७ नर्सरी स्थापना भएको फ्लोरिकल्चर एशोशियसनको तथ्याङ्क छ । फूलको कारोबार वार्षिक २ अर्बको भइरहेको तथ्याङ्क छ । प्रदेश १ मा ६५ भन्दा बढी पूष्प व्यवसायी रहेको र वार्षिक १३ करोडको कारोबार भइरहेको तथ्याङ्क छ भने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ । प्रदेश १ मा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको तथ्याङ्क छ । जति पनि गरेका छन् यसमा राज्यबाट कुनै सहयोग नभएको उनीहरुको गुनासो छ ।

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved