दुहवीको १२ औँ नगर सभा सम्पन्न

  • फागुन १, २०७९
  • " चन्दन रौनियार"
alt

दुहबी / सुनसरीको दुहबी नगरपालिका विकासको आधार कृषि, उद्योग, प्रविधि, पर्यटन, खेलकुद र व्यापरको उत्थान गर्ने मुल उद्धेश्यले दुहवी नगरपालिकाके १२ औं नगरसभा दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नगरसभालाई सम्बोधन गर्दै दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेलले नगरको बिकास र समृद्धिलाई सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन ।

नगरसभामा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले हालसम्म भएका नगरका हरेक कार्यक्रम र प्रस्ताव सर्वसम्मत रुपमा पारित हुँदै आएकोमा कार्यपालिका र नगर सदस्यहरुलाई धन्यबाद दिए । कार्यपलिकाका सदस्यहरु, १२ वटै वडाका वडा अध्यक्षहरु सदस्यहरु र विषयगत शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले १२औं नगर सभालाई सम्बोधन गर्दै नेपाल आर्थिक संकटको नजिक पुगिरहेको अवस्थामा पनि दुहवीलाई विकाश गर्नमा हरेस नखाएको बताउँदै नगरपालिकासँग जोड्न १२ ओटै वडाहरुको बाटो डीपीआर भइरहेको अर्को आर्थिक बर्षदेखि लगानीकर्ताको सहकार्यमा दुहवीमा ५० किमि सम्मको पिच सुरु गर्ने जानकारी गराए ।

संघीय सरकाले बजेटको २० प्रतिशत रकम बजेट काट्ने विषयमा माध्यममा समाचार आएकोले थप नगर बिकास निमार्णमा समस्या आएको जानकारी गराए । उनले स्थानीय करको दायरा फराकिलो बनाउन बिज्ञहरुबाट छलफल गर्ने र नगरपालिकाको आम्दानीका लागि नगरपालिका मातहतमा रहेको जग्गालाई खाली गरी व्यापारिक भवन बनाई नगरको राजश्वमा वृद्धि गर्ने उद्देश्य रहेको बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved