‘खेलकुदको गतिविधिलाई चलायमान बनाउँन सबै लाग्नुपर्छ’

  • माघ २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा खेलकुदको गतिविधिलाईलाई चलायमान बनाउँन सबै लाग्नुपर्ने बताएका छन् । उनले यसका लागि नगरमा खेलकुद गतिविधि बढाउन सम्बद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् ।
धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मेयर तामाङले गतिविधिलाई बढाउन विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् ।

मेयर तामाङले खेलकुद विकासले मात्र समग्र नगरपालिकाको विकास हुने बताउँदै खेलकुदका गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने बताए । उनले भने–‘खेलको गतिविधिलाई बढाए मात्र खेल पर्यटनको सम्भावना हुन्छ, खेलकुद गतिविधि सञ्चालनका लागि नगरपालिकाले सक्दो सहयोग गर्छ ।’

उनले महिनामा एक वा दुई वटा खेलकुदका गतिविधि गर्नुपर्नेमा जोड दिए । उनले भने ‘सकिन्छ भने महिनैपिच्छे खेलकुद गतिविधि गरौं, नगरपालिकाले के सहयोग गर्नुपर्छ, त्यसका लागि हामी सहयोग गर्न तयार छौं ।’

खेलकुदको गतिविधि बढाउँदा धनकुटाबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेलले शारीरिक स्वस्थ बनाउन सहयोग पुर्‍याउने बताए ।
धनकुटामा सञ्चालन हुँदै आएको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भीमनारायण गोल्डकप बर्सेनी सञ्चालन गर्न आफुले पटक–पटक आग्रह गरेको भन्दै उनले नियमित सञ्चालन हुन नसकेको प्रति दुःख व्यक्त गरे ।

भीमनारायण गोल्डकप आयोजक समिति सक्रिय नभएको प्रति चासो राख्दै उनले आगामी चैतमा अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागि गराउने गरी गोल्डकप गर्न सुझाव दिए ।

सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगितालाई पनि प्रदेश स्तरीय हिसावले सञ्चालन गर्न उनको सुझाव छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved