इटहरी फुटबल क्लब फाइनलमा

  • माघ २७, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी /  सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इटहरी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

आयोजक मेमोरी युवा क्लब सोनापुर सुनसरीलाई २–० गोल अन्तरले पछि पार्दै इटहरी फुटबल क्लब सुनसरी दोस्रो सोनापुरको गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

330240132_703986624765853_3905886956443716522_n

खेलको चार मिनेटमा इटहरीका खेलाडी समीर राईले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफकोे छैटौं मिनेटमा इटहरका समीर राईले थप १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराएका छन् । खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी समीर राई घोषित भए ।

329973007_745354610162233_5674038187077069180_n

 

उनलाई दुहबी वडा नम्बर २ का वडाअध्यक्ष अरबिन्द विश्वासले नगद २ हजार ५ सय तथा मेडल प्रदान गरे ।

शनिबारको फाइनल खेल दमक फुटबल एकेडेमी झापा र इटहरी फुटबल क्लब सुनसरीका बिच हुनेछ । उपाधि जित्ने टिमले नगद २ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद १ लाख तथा ट्रफी पाउने छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved