लायन्स लियोद्वारा माया घरमा स्वास्थ्य शिविरको आयोजना

  • माघ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरी उपमहानगरपालिका २ मा रहेको माया घरको परिसरमै पुगेर छाला तथा यौन रोगसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

लायन्स क्लब अफ धरान घोपा युनाइटेडको प्रोजेक्ट ‘आरोग्यः मुभ फर हेल्थ“ अन्तर्गत लियो लायन डा. शुभम कुमार अग्रवालको संयोजकत्वमा धरानका लायन्स क्लब अफ धरान घोपा युनाइटेड, लायन्स क्लब अफ धरान गौतम बुद्ध र सोसियल अपटिमाइजर्स युनाइटेड लियो क्लब र बिराटनगरका लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर गृन सिटि र हेल्थ एमबेसडर्स युनाइटेड लियो क्लबको आयोजना तथा भेनस स्किन एन्ड हेयर ट्रान्सप्लान्ट क्लिनिक बिराटनगरको प्राधिधिक सहयोगमा सम्पन्न भएको हो ।

शिविरमा चर्म तथा यौन रोग विशेषज्ञ डा. तपन प्रधानको नेतृत्वमा पच्चीस सदस्यीय चिकित्सकको टोलीले बिरामीहरूको चेक जाँच गरेका छन् । शिविरमा १ सय २४ जनाले प्रत्यक्ष लाभ लिएको डा. तपन प्रधानले जानकारी दिए । चेकजाँचमा आउनेहरुलाईलाई चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न लगाइएको थियो ।2

शिविरमा निस्चल काफ्लेको नेतृत्वमा मारुती फार्मास्युटिकल्स र क्वेस्ट फार्मास्युटिकल्सले सिएसआरअन्तर्गत बिरामीहरुलाई दुई लाख बराबरको निःशुल्क औषधि समेत प्रदान गरेका थिए । स्वास्थ्य शिविरको समापनमा बोल्दै लायन्स डिस्टृक्ट ३२५ एवनका निवर्तमान डिस्टृक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले स्वास्थ्य र शिक्षा नै समृद्धीको जग भएको बताएका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved