भोजपुरको खुकुरी अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग " ‘माग अनुसार उत्पादन गर्न सकिएन’"

  • माघ ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

भोजपुर / भोजपुरको खुकुरी नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छ । यहाँ बनाइएका खुकुरी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । तर माग अनुसारका खुकुरी बनाउन भने त्यहाँका व्यवसायीहरुले सकिरहेका छैनन् ।
विविध कारणले नेपालमा आर्थिक मन्दी भएका समयमा खुकुरी बाहिर जान सकेको थिएन । भारतले गरेको नाकाबन्दी तथा कोरोना संक्रमणका समयमा नेपालमा बनेका त्यसमा पनि भोजपुरे खुकुरीको माग अत्यन्तै न्यून थियो । यहाँको खुकुरी चाइना लगायतका देशमा जाने भएपनि संक्रमणका समयमा निर्यात हुन सकेको थिएन ।

तर अहिले सहज बन्दै गएपछि भोजपुरे खुकुरीको माग अत्यधिक भए पनि माग अनुसार बनाउन नसकिएको खुकुरी उद्योगी व्यवसायीहरुले बताएका छन् ।रञ्जिता खुकुरी उद्योग भोजपुरका सञ्चालक गणेश गजमेरले विविध कारणले खुकुरी उत्पादन गर्न नसकेको बताए ।

उनले अहिले खुकुरीको माग उच्च भए पनि सोही अनुसारको खुकुरी उत्पादन गर्न नसकेको बताए । उनले भने–‘अन्तर्राष्ट्रिय बजारमै आर्थिक सहज बन्दै गएको बेला भोजपुरमा बनेका खुकुरीको माग अत्याधिक छ, तर माग अनुसार बनाउन भने सकिएको छैन ।’

उनले कालीगढ नपाउने, कच्चा पदार्थको समस्या लगायतका कारण बनाउन नसकिएको बताए । उनले भने–‘कालीगढ पाउन नै  गार्‍हाे छ, अलिकति राम्रो पैसा कमाउने अपेक्षा लिएर भएका कालिगढ पनि विदेशिने गरेका छन्, काम गर्ने मान्छे नै नपाइएका कारण कुखुरी उत्पादन गर्न सकिएको छैन ।’

खुकुरी उत्पादन कम हुनुमा व्यवसायिक तालिम कमी भएको भोजपुरका स्थानीय व्ययवसायीहरुलले बताउने गरेका छन् । स्थानीय खुकुरी उद्योगका सञ्चालक हिरा श्रेष्ठले भएका कालीगढ विदेश पलायन हुने र नयाँ कालिगठ उत्पादन हुन नसकेकै कारण भोजपुरको खुकुरी अन्तर्राष्ट्रिय स्तरमा माग भए पनि माग अनुसार आपूर्ति गर्न नसकिएको बताए । उनले भने–‘यो पेशालाई बचाइराख्ने हो भने या भोजपुरको खुकुरीको पहिचानलाई नामेट हुन नदिने हो भने सरकारले कालीगढ उत्पादनमा सहयोग गर्नुपर्छ ।’

भोजपुरमा भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम एक हजारदेखि अधिकतम १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved