विजयपुर/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार हुने फाइनल खेलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल विच प्रर्तिस्पर्धा हुनेछ । विहिवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ र लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ र पर्वत स्कुलले काम्रेल स्कुललाई २६–६ अंकले पराजित गरेका थिए ।
एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत संपन्न बास्केटवल प्रतियोगितामा कक्षा १२ सम्मका महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएका छन । प्रतियोगिताका विजेता तथा उपबिजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको छ ।