धरान / धरान उपमहानगरपालिकाका प्रत्येक वडाले जाडोको मौसमम गरिब तथा असहाय, दलितहरुलाई न्यानो कपडा र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै आएका छन् ।
वडावडाबाट वितरण गरिएको यो कामको वडाबासीहरुले सकारात्मक लिँदै आएका छन् ।
धरान उपमहानगरपालिकाका २० वटै वडा समितिको कार्यालयहरुले बजेट विनियोजन नै गरेर दलित, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण कामलाई निरन्तता दिँदै आएका छन् ।
पछिल्लो समय शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ८ ले पनि आफ्ना वडामा रहेका दलित, विपन्न तथा ज्येष्ठ नारिकलाई जाडोको न्यानो कपडा र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण गरेको छ ।
वडामा रहेका आफ्ना नागरिकलाई जाडोबाट बचाउन र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना खुवाउन बजेट विनियोजन गरेरै वितरण गरिएको वडाध्यक्ष धनबहादुर राईले बताए । वडाले यस्ता वर्गलाई घर घरमा पुगेर खोजी गरेरै न्यानो कपडा (कम्बल) वितरण गरेको हो ।
सो अवसरमा १७ जना सुत्केरी महिलालाई पोषणयुक्त खाना वितरण गरेको थियो भने ३३ जना लक्षित वर्गलाई जाडोको कपडा वितरण गरिएको धरान ८ की वडा सदस्य सवित्रा परियार दर्जीले बताइन् । कार्यपालिका सदस्य समेत रहेकी दर्जीले वडावडामा भएका लक्षित वर्गको खोजी गरेरै वितरण गरेको बताइन् ।