सञ्चारकर्मी तथा उद्योगी सम्मानित

  • माघ १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  सुनसरी उद्योग वाणिज्य संघको ३९ औँ साधारण सभाको अवसर पारेर आर्थिक तथा पर्यटन क्षेत्रमा कलम चलाउने दुई जना पत्रकार तथा औद्योगिक क्षेत्रमा योगदान पुर्‍याउने उद्योगीहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।
पुरस्कृत हुने पत्रकारहरुमा कोशीपत्र राष्ट्रिय दैनिककका कार्यकारी सम्पादक गोविन्द बस्नेत र विजयपुर एफएमका सम्पादक भैरव आङ्ला रहेका छन् । बस्नेतलाई आर्थिक क्षेत्रमा कलम चलाएवापत र आङलालाई पर्यटन क्षेत्रमा कलम चलाएवापत नगद १०/१० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

यसैगरी सुनसरीका पुराना उद्योगी व्यवसायी धरानका सुरेशकुमार शर्मा, धरान २ मा गोपाल किराना पसल सञ्चालन गर्दै आएका राजकुमार अटल र सुनसरीको खनारमा सञ्चालित स्पिनिङ एण्ड विभिङ मल्सलाई सबैभन्दा बढी महिलालाई रोजगारी दिएका भन्दै सम्मान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका अध्यक्ष मेहताले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved