स्थानीय सरकार कृषिको विकासमा ध्यान देऊ

  • पुष २५, २०७९
  • कोशीपत्र सम्पादक
alt

हाम्रो देशमा आकर्षक लक्ष्य निर्धारण गरिन्छन् तर ती लक्ष्यअनुसार योजना निर्माण नहुँदा अथवा योजना कार्यान्वयन नहुँदा लक्ष्य प्राप्त हुन नसकेका थुप्रै उदाहरण छन् । हरेक वर्ष कृषिलाई प्राथमिकतामा राख्ने गरिन्छ । आवधिक योजनामा पनि कृषि क्षेत्रलाई महत्वका साथ हेर्ने गरिएको छ तर कृषि क्षेत्र र किसानको अवस्थामा भने कुनै सुधार भएको देखिँदैन । किसानहरूले लागत मूल्य पनि प्राप्त गर्न नसक्ने अवस्था छ । कतिपय कृषि क्षेत्रबाट नै पलायन भएका छन् । परम्परागत र निर्वाहमुखी कृषिमा परिवर्तन हुन नसक्दा कृषि क्षेत्रको अवस्था जहाँको त्यहीँ छ ।

धरान उपमहानगरपालिकाले पनि वडा नं ४, ५ र ६ मा पर्ने दानाबारी र पानबारी तथा वडा नं. २० मा पर्ने विष्णुपादुकालाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य अगाडि सारेको छ तर लक्ष्यअनुसारको योजना नहुँदा यी क्षेत्रमा किसानको अवस्थामा कुनै सुधार हुन सकेको छैन । किसानको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन कृषि उत्पादनको बजार व्यवस्थापन प्राथमिक विषय हुनुपर्छ । किसानले उत्पादन गरेर मात्र हुँदैन । ती सामग्रीहरूले उचित मूल्य पाउने अवस्था नआएसम्म किसानको जीवन स्तरमा सुधार नआउने निश्चित छ । यसका लागि प्रथमतः कृषि उत्पादनको बजार व्यवस्था आवश्यक छ ।

बजारसम्म सडकको सहज पहुँच नभइदिँदा पनि उत्पादित कृषि सामग्री बजारसम्म पुर्याउनबाट किसानहरू वञ्चित छन् । बजारसम्म सहज पहुँच नहुँदा उनीहरू डोकोमा सामान बोकेर घर–घरमा पु¥याउन बाध्य भएको समाचार हामीले प्रकाशन गरेका छौँ । धरान–४ को दानाबारीका किसानले आप्mना उत्पादनको उचित मूल्य पाएका छैनन् । सडक नहुँदा उनीहरू करीब ५ किलोमिटर डोकोमै बोकेर धरान बजारसम्म पुग्छन् ।

दानाबारी, पानबारी र विष्णुपादुकालाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्ने हो भने सर्वप्रथमतः ती क्षेत्रमा सडक सञ्जालको विकास हुनु आवश्यक छ । सडक सञ्जालको विकास भएमा किसानहरूले आप्mना उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सक्छन् । ती क्षेत्रमा अग्र्यानिक (जैविक) प्रविधिबाट खेती हुने गरेको किसानहरू बताउँछन् । जनस्वास्थ्यका लागि यस्ता तरकारी र खाद्यान्न उचित हुने भए पनि उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् । यसतर्पm स्थानीय सरकारको ध्यान जानुपर्छ ।

किसानहरूलाई आवश्यक प्राविधिक ज्ञान दिन पनि स्थानीय सरकारले अभियान सञ्चालन गर्नुपर्छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन कृषिमा आधुनिकीकरण आवश्यक छ । यसका लागि किसानमा प्राविधिक ज्ञान हुनुपर्छ । परम्परागत ज्ञानसँगै आधुनिक प्राविधिक ज्ञान पनि भएमा किसानहरूले उत्पादन बढाउन सक्छन् । त्यसकारण यसतर्फ पनि स्थानीय सरकारको ध्यान जानुपर्छ । यससँगै बीउ र मल सहज रूपमा उपलब्ध गराउन स्थानीय सरकारले पहल गर्नुपर्छ । कृषि क्षेत्रको विकासका लागि किसानहरूलाई प्रोत्साहन हुने योजनाहरू ल्याउनुपर्छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved