साइकलयात्रीको मृत्युपछि आक्रोशित भीडद्वारा टिपरमा आगजनी

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंज भित्री सडकखण्डमा बुधबार राति सवारी दुर्घटनामा एक साइकलयात्रीको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन्। घटनापछि ठक्कर दिने टिपरमा भीडले आगजनी गरेको छ।

बुधबार राति करिब ८ बजे जब्दीबाट लालबन्दीतर्फ गइरहेको ना २ क ५०१ नम्बरको टिपरले साइकलयात्रामा रहेका एक युवकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय सचिन साह गुप्ता गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो तर राति ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि टिपर चालक फरार भएका थिए। चालक घटनास्थलमै रहेको थाहा पाएपछि स्थानीयवासी आक्रोशित बनेर टिपर हटाउन अवरोध गरे।

प्रहरीले सम्झाउने प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे भीड नियन्त्रणबाट बाहिरिएर टिपरमा आगो लगाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

आगजनीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनास्थलमा इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको कमाण्डमा १३ जना प्रहरीसहित थप टोली परिचालन गरिएको थियो। दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो।

जलेको टिपरलाई राति सवा २ बजे क्रेनमार्फत तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटना र आगजनीसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved