चतरा सहकारीको २ करोड बढी नाफा

  • पुष २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र /  बराहक्षेत्र नगरपालिका २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड २८ लाख भन्दा बढी मुनाफा भएको जनाएको छ ।
संस्थाले शुक्रबार २४ औ बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवशका अवसरमा सो बराबरको नाफा भएको जनाएको हो ।

२०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २४ औं बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न गरेको थियोे ।
संस्थामा ४ हजार ९ सय ८७ जना सदस्यहरु रहेका छन । संस्थाकोथा भरौल सेवा केन्द्र , महेन्द्रनगर सेवा केन्द संचालनमा रहेका छन् भने आगामी बर्षमा प्रकाशपुरमा समेत सेवा केन्दै खोल्ने तयारी अन्तिम रहेको जनाइएको थियो ।

साधरण सभामा संस्थाका अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना र संस्था हासिल गरेको वित्तीय सफलता समेत प्रस्तुत गरेकी हुन् । अध्यक्ष भण्डारीका अनुसार सहकारीले चालू आर्थिक वर्षमा कुल शेयर पुजी ८ करोड ७० लाख ८८ हजार १ सय रहेको छ ।

बचत निक्षेप हिसाब ४५ लाख ३३ हजार २ सय १३ रुपैयाँ २२ पैसा बुद्धि भएर ५० करोड १० लाख ५१ हजार २ सय ३७ रुपैयाँ ७७ पैसा पुगेको छ । संस्थाले चालु आर्थिक बर्षमा ९९ करोड ५२ लाख ९८ हजार ५२ रुपैयाँ ७३ पैसा बचत संकलन भएको तथा ९९ करोड ७ लाख ६४ हजार ८ सय ३९ रुपैयाँ ५१ पैसा भुक्तानी भएको जनाएको छ । योे गत बर्षको अनुपातमा ०.९१ प्रतिशतले बुद्धि भएको पौडेलले जानकारी दिएकी थिईन् ।

चतरास्थित बोलबम धर्मशालामा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले उद्घटन गरेका थिए । साधारणसभाको अवसर पारेर सहकारीले शेयर सदस्यहरु मध्यवाट १० जना उत्कृष्ट दुग्ध उत्पादन गर्ने कृषकहरुलाई सम्मान गरेको थियो ।

त्यस्तै उत्कृष्ट निक्षेपकर्ता , कर्जालगानी कर्ता , स्थापक संञ्चालक समिति , उत्कृष्ट रेमिटान्स कारोवारी , पुर्व अध्यक्ष , जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको थियो भने स्थानीय पत्रकारहरु हिमाल राई, संन्तोष गुप्ता र बिजय राईलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा बावुराम खत्रीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन उपध्यक्ष दिपक कार्कीले गरेका थिए ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved