स्थानीय

    Showing 881-890 of 5,047 items.
  • धरानमा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल हुने

    धरान/ धरान सिटी फुटबल क्लबको आयोजनामा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी कार्तिक २२ देखि २९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ। शनिबार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले प्रतियोगिताको विस्तृत जानकारी दिएका हुन्। राईका अनुसार, प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। आयोजकसहित धरानका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्। त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ, र विधागत उत्कृष्ट खेलाडीलाई ३ ह

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ४० वर्षीय बिनोदको मोटरसाइकल दुर्घटनापछि मृत्यु

    सुनसरी/ धरान–नडाहा सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका धरान–५ का ४० वर्षीय बिनोद विश्वकर्माको मृत्यु भएको छ। प्रहरीका अनुसार मिति २०८२ असोज १० गते साँझ करिब ५ बजेर १० मिनेटमा बराहक्षेत्र नगरपालिका–३ धरान–नडाहा भित्री सडकमा को ३५ प ७३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त मोटरसाइकल धरानबाट नडाहा तर्फ जाँदै गरेको बताइएको छ। दुर्घटनामा चालक धरान–५ का २९ वर्षीय बिक्रम विश्वकर्मा सकुशल रहँदा पछाडि सवार बिनोद विश्वकर्मा घाइते भएका थिए। उनको टाउको र बायाँ काँधमा चोट लागेको थियो। घाइते विश्वकर्मालाई चालकले तत्कालै उपचारका लागि बीपी कोइर

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 2,965 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका प्रहरी प्रमुखको ह्वाट्सएप ह्याक, ठगले माग्न थाले रकम!

    धरान/जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको आधिकारिक ह्वाट्सएप नम्बर ९८५२०८५५५५ शुक्रबार राति ह्याक गरिएको छ। अन्वेषण योजना तथा विकास शाखाका अनुसार, राति करिब ८:४५ बजे अकाउन्ट नियन्त्रणबाहिर पुगेपछि उक्त नम्बरबाट विभिन्न व्यक्तिहरूलाई रकम माग्ने र अनावश्यक सन्देश पठाउने कार्य सुरु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले ह्याक भएको नम्बरबाट पठाइएका सन्देशहरूमा कसैले पनि विश्वास नगर्न आग्रह गरेका छन्। उनले भने, “उक्त नम्बरबाट रकम माग्ने वा कुनै अनुरोध आउने सन्देशमा प्रतिक्रिया नदिनुहोस्। ठगहरूले गलत उद्देश्यले प्रयोग गरिरहेका छन्।” प्रहरीले ह्याकिङसँग

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्यात अनुदान स्थगित गर्ने निर्णयप्रति मोरङ उद्योग व्यापार संघको आपत्ति

    विराटनगर/  मोरङ उद्योग व्यापार संघले चालू आर्थिक वर्षमा निर्यात अनुदान सम्बन्धी आवेदन प्रक्रिया अघि नबढाउने उद्योग विभागको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योग विभागले सार्वजनिक गरेको सूचनाले नेपाली निर्यातकर्ताको मनोबलमा दीर्घकालीन नकारात्मक असर पार्ने र मुलुकको आर्थिक स्थायित्वमा जोखिम उत्पन्न गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूपरिवेष्ठित देश भएर पनि कठिन प्रतिस्पर्धाबीच नेपाली निर्यातकर्ताले राष्ट्रका लागि विदेशी मुद्रा आर्जनमा योगदान

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 514 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेका दुई जनालाई जाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुर भीमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनारा रहेका छन्। जाँचका क्रममा निरा चूनाराको साथबाट १४.२४ ग्राम (चौध ग्राम दुई सय चालिस मिलिग्राम) ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ। दुवै जनालाई नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी : गर्भवती भएपछि घटना बाहिरियो

    झापा/ झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलामाथि आफ्नै घर नजिकको बाँसघारीमा लगेर बालिकामाथि करणी गरेको आरोप छ। प्रहरीका अनुसार गत चैत २५ गते धमलाले डर र त्रास देखाई नाबालिकामाथि जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि मात्र घटना सार्वजनिक भएको हो। पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले धमलालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकार

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा एक सातादेखि बेपत्ता युवक मृत फेला

    झापा/ मेचीनगर–१ देवीगन्जका २५ वर्षीय सुजन राजपुत एक साता अघिदेखि बेपत्ता थिए। खोजतलासको क्रममा शुक्रबार बिहान उनी मृत फेला परेका छन्। राजपुतको शव सोही वडाकी सीता पाण्डेको धान खेतमा सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तिरिङले जनाएको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी तिरिङबाट टोली खटिएर घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे विस्तृत विवरण संकलन गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलामा पौडी खेल्दा डुबेर ज्यान गयो

    मोरङ/दुर्गा माताको मूर्ति विसर्जनका क्रममा पौडी खेल्दै गर्दा मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा एक युवाको ज्यान गएको छ। स्थानीय दीपक साहका १८ वर्षीय छोरा सोनु साह सोमबार बिहान करिब ११:३० बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन्। घटना भएको सूचना पाउँदा साथ प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। स्थानीयवासीहरूको सहयोगमा ती युवकलाई खोलाबाट उद्धार गरी तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्गा पूजाको उल्लासपूर्ण

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकीय गन्तव्य चिण्डे डाँडा सधेै ओझेलमा

    धरान/  पोखराको सारङ्गाको जस्तै आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना बोकेको धरान–२० मा पर्ने चिण्डेडाँडा स्थानीय सरकार धरान उपमहानगरपालिकाले महत्वका साथ नहेरेकै कारण पर्यटकीय सम्भवना बोकेको यो स्थान अझै ओझेलमै छ । धरान–१३ को सर्दुखोला पुल तरेपछि करिब १३ किलोमिटर दुरीमा पुगिने यो डाँडामा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा छन् । तराईका विभिन्न स्थानलाई एकै थलोबाट हेर्न सकिने आकर्षक भ्युटावरसमेत यहाँ बनेको छ । करिब ५० लाख लागतमा ६ वर्षअघि बनेको पाँचतले भ्युटावरको शिलान्यास पूर्व संघीय सांसद जयकुमार राई र प्रदेश सांसद उमिता बराईले गर्नुभउको थियो  । तर आजसम्म य

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अभियन्ता डा. निकोलस भुसाल माइतीघरबाट पक्राउ

    काठमाडौँ/  ‘जेनजी आन्दोलन’का अभियन्ता डा. निकोलस भुसाल माइतीघर मण्डलाबाट पक्राउ परेका छन्। जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। माइतीघर क्षेत्रमा बिहानैदेखि नै बाक्लो प्रहरी परिचालन गरिएको थियो। प्रशासनले पहिल्यै सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका क्षेत्रमा कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन गर्न नपाइने जनाएको थियो। आन्दोलनको एक महिना पूरा भएसँगै भुसालको समूहले मागहरू सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो। तर, प्रहरीको कडाइका कारण उनीहरू प्रदर्शन सुरु गर्नै नपाउँदै पक्राउ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 682 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved