जसपा कोशी प्रदेशको अध्यक्षमा गणेश राई सर्वसम्मत, ४९ सदस्यीय नयाँ समिति गठन

  • मंसिर २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशको अध्यक्षमा गणेश राई चयन भएका छन्।

शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको नेतृत्वमा सर्वसम्मत रूपमा ४९ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन्।

महासचिवमा नगेन्द्र पारघरी लिम्बू नियुक्त भएका छन् भने सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रन्जित साम्पाङ चयन भएका छन्। सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राईलगायत रहेका छन्।

अघिल्लो समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि संगठनलाई पुनः सुदृढ बनाउने उद्देश्यसहित नयाँ समिति गठन गरिएको पार्टीले जनाएको छ।

नव निर्वाचित अध्यक्ष गणेश राईले कोशी प्रदेशमा जनता समाजवादी पार्टीलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ संगठन विस्तार, जनआधार मजबुत पार्ने र पार्टी निर्माणको अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved