वराहक्षेत्र र भोक्राह नर्सिङका शिक्षक–विद्यार्थीलाई जोखिम न्युनिकरण तालिम

  • मंसिर २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै दुईदिने विपद् जोखिम न्युनिकरण तालिम सुरु गरिएको छ।

वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा विश्व खाद्य कार्यक्रम  को आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम विकास (निड्स) नेपाल को प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो। आइतबारदेखि सुरु भएको तालिम पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिएको छ।

तालिममा विपद् व्यवस्थापन, पूर्वानुमान र पूर्वतयारी विषयलाई पाठ्यक्रमको प्राथमिकतामा राखिएको छ। सहजीकरण निड्स नेपालका परियोजना संयोजक इ. दिपेन्द्र बहादुर सिंह, डा. देव मानन्धर तथा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतमले गर्नेछन्।

नगरपालिकाको सभाहलमा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, विश्व खाद्य कार्यक्रमका कोशी प्रदेश संयोजक लक्ष्मी नारायण चौधरी, निड्स नेपालका परियोजना संयोजक दिपेन्द्र बहादुर सिंह, पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतमलगायतको उपस्थिति रहेको थियो। साथै, दुवै स्थानीय तहका सामुदायिक विद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved