सुनसरी / दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ। आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ । दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ।
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ३ र ७ स्थित वाङ्गेबजारमा बजार अनुगमन गरिएको छ । शुक्रवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन सुरु गरिएको हो । दशैं , तिहार लगायतका चाड पर्वहरु नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप-प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु,
हेमकर्ण पौडेललाई धेरै जनाले धेरै तरिकाले चिन्छन , पछिल्लो उनको चिनारी इटहरीका मेयर हुन । उनका धेरै काम देखिने र दुरदृष्टिका छन छैनन् थाहा भएन तर उनले इटहरीलाई डुबान मुक्त बनाउन गत हिंउदमा अनेक आलोचनाका बावजुद गरेकोे कामले यो पटक इटहरी डुवानबाट जोगियो । त्यो बेला उनको त्यो कामको अनेक कोणबाट आलोचना भएको थियो ।तर अहिले त्यसको प्रतिफल सबैले पाए ।यो राम्रो कामको सह्राहना गर्नु पर्दछ । तर यतिकुरा उनको पार्टी नेपाली कांग्रेसका कुनै नेता कार्यकर्ता ,उनका अगुवा पछुवा भएर लाभ लिइरहेकाहरु र प्रत्यक्ष लाभ लिनेहरु कसैलेपनि भन्दैनन् त किन होला ? कि त्यो काममा पनि केही कैफियत छ या किन कोहि नबोलेका होलान ?
धरान /धरान नृत्यकला प्रतिष्ठानले यो बर्ष तिहारमा देउसी भैलो खेलर संकलित रकम बाढीपीडितको लागि सहयोग गर्ने भएका छन् । प्रतिष्ठानले आयोजना गरेको चाडपर्व विशेष शुभकामना कार्यक्रमका कार्यक्रमको प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शोकमा परेको हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतको प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिए । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थापक अध्यक्ष एव प
घरमा बुढा बा आमा थिए थियो दशै थियो सिङ्गो भान्सा सिङ्गो घर आगन टपरीमा जमरा टीका थिए थिए त केबल इतिहासकै पानामा थिए राता टीका पहेला जमरा कानमा सजाएर ठुला बडा आफन्तबाट आशिर्वाद दक्षिण कमाएर पिङ खेलिन्थियो खुसी बाडिन्थियो आफना आफन्त नरनाता सबै एक आपसमा रमाएर बा सकिए आमा सकिए घर त घर हैन कोठा कोठा परिणति भयो एउटा छोरो सहर पसो अर्को छोरो बिदेश बसो दौउरा टोपी हरायो धोती पछ्यौरी हरायो रातो माटो कमेरोले लिपेको
आधिकारिक वेबसाइट सबै थोक हुन्। चाहे टेलिकम होस वा टीकटक । लोकसेवा आयोग होस वा हार्भड, ह्वाइट हाउस वा मिडिया हाउस । तिनको कोट लिएर कन्टेन्ट गर्नु गुगल रिपोर्ट गर्नु होइन्। आधिकारिक कन्टेन्ट रिपोर्ट गर्नु हो । गुगल गरेर लेख्छ । सबै गुगलबाट हो भन्नेले बुझ्नुपर्ने कुरा यो हो कि गुगल हल्करा मात्र हो । सित्तैको सहज हल्करा । जस्तो हिजो जेडी भेन्सको वा कमलाको मन्तव्य के हो भन्दा उस्ले कयौ कुरा ल्याउछ। सन्जिबनी बुटी लिन जादा हनुमानले सुमेरु पर्वत ल्याए जस्तो। अब कुन सन्जिबनीबुटी हो वा खास सोर्स हो भन्ने कुरा छुट्याउने आफुले हो । त्यो आजको युगको अनिवार्य स्किल हो । त्यस्को दानवत्व गर्नु आफ्नै घाटा हो
सुनसरी/ नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ। । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात
काठमाडौं । अविरल बषौसँगै आएको बाढी र पहिरोले अवरुद्ध बनेको राजमार्गहरु पाँच वटा अझै पनि यातायात सुचारु हुन सकेको छैन । विहीबार नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको छ । मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ
धरान/ कोशीमा पहिलो पटक सुनसरीको धरानमा बियर महोत्सब हुने भएको छ । यही असोज १८ र १९ गते दुई दिन सम्म उक्त महोत्सब हुने भएको हो ।धरान–१५ स्थित होटेल ईजी राइडरमा पहिलो प्रदेश स्तरीय बियर उत्सब हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ । भएको बताइएको छ । उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो । अध्यक्ष विजय श्रेष्ठका अनुसार चाडपर्वहरूलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पनि सहजता प्रदान गर्नको लागि महोत्सव आयोजना गरिएको बताए । उनले भने, बियर उत्सवप्रति
धरान/ विजयदशामी २०८१ को अवसरमा निराजन युवा क्लब धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। बुधबार धरान–१५ निराजन टोल स्थीत क्लबको भवनमा शुभकामना आदान प्रदान भएको हो। क्लबको अध्यक्ष सन्जु राई (सुमित्रा) को सभापतित्व, धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा धरान–१५ स्थीत टोल बिकास संस्था, आमा समुह, सुरक्षा निकाय, वडाका जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुसँग शुभकामना आदान–प्रदान गरेको छ। यसैगरी सोही अवसरमा वडा अध्यक्ष नरेशकुमार ईवारमले क्लबको साईन बोर्ड लोकार्पण गरेका छन्। निराजन क्लब धरान&nd