धरानबाट लागू औषधसहित दुई युवक पक्राउ

  • पुस ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उप–महानगरपालिकामा लागू औषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष निगरानी अभियानमा दुई फरक स्थानबाट ठूलो परिमाणमा नशालु औषध बरामद गरिएको छ।

मिति २०८२।०९।०३ गते दिउँसो १३:४० बजे, धरान–१३ विशाल मार्ग क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले २८ वर्षीय सञ्जय तामाङको कोठामा खानतलासी गरेको थियो।

सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल १६७ ट्याब्लेट र स्पास्पेन ५७२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, मिति २०८२।०९।०२ गते राति २२:०० बजे, धरान–५ देउराली क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले १९ वर्षीय समिर राईको कोठामा चेकजाँच तथा खानतलासी गरेको थियो। उक्त खानतलासीका क्रममा डिकोलिक ३०७७ ट्याब्लेट र स्पास्पेन ५१७० ट्याब्लेट गरी जम्मा ८२४७ ट्याब्लेट लागू औषध फेला परेको छ।

दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई बरामद लागू औषधसहित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले धरान क्षेत्रमा लागू औषध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप तीव्र बनाइने जनाएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved