बुटवल सभामा असन्तुष्टि पोख्दा,साम्पाङको कारबाहीमा परे उपाध्यक्ष डा. मित्र परियार ‘म किन बोल्न पाइनँ ?’

  • पुस ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बुटवलमा आयोजित श्रम संस्कृति पार्टीको सभामा असन्तुष्टि सार्वजनिक रूपमा पोखेपछि पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारमाथि अध्यक्ष हर्क साम्पाङ ले कारबाही गरेका छन्।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आयोजक समितिलाई सार्वजनिक रूपमा अपमान गरेको र कार्यक्रम सहसंयोजकप्रति अपमानजन्य अभिव्यक्ति दिएको भन्दै डा. परियारले पार्टी आचारसंहिता उल्लंघन गरेको उल्लेख गरेका छन्। कारबाहीको प्रकृति भने खुलाइएको छैन।

शनिबार बुटवल को ट्राफिक चोकमा आयोजित सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए।

त्यसपछि टीका लगाउने तथा पार्टी प्रवेश कार्यक्रम सुरु गरिएको थियो। यही क्रममा उद्घोषकले उपाध्यक्ष परियारलाई सम्बोधनका लागि बोलाए पनि उपस्थित नेताहरूको ध्यान अध्यक्षसँग टीका र फोटो खिच्न केन्द्रित भएपछि उनी असन्तुष्ट बनेका थिए।

पोडियममा उक्लिएलगत्तै परियारले आफू केन्द्रीय उपाध्यक्ष भएको र बोल्न पाउनुपर्ने भन्दै कार्यक्रम रोक्न आग्रह गरे। “म केन्द्रिय उपाध्यक्ष हुँ, मैले बोल्न पाउनुपर्छ, ध्यान अर्कोतिर मोडिनु हुँदैन,” भन्दै उनले आक्रोश व्यक्त गरे।

दुई दिनदेखि बुटवलमा खटिएर मेहनत गरेको उल्लेख गर्दै उनले कार्यक्रमको सेड्युल नमिलेको गुनासो पनि राखे।

तर, सम्बोधनपछि आयोजक समितिका सहसंयोजकप्रति अपशब्द प्रयोग गरिएको जानकारी पार्टी नेतृत्वसम्म पुगेपछि अध्यक्ष साम्पाङले यसलाई गम्भीर अनुशासनहीनता ठहर गर्दै कारबाहीको निर्णय लिएको एक नेताले जानकारी दिए।

विवाद किन चर्कियो ?

पार्टीका नेताहरूका अनुसार परियारले प्रमुख अतिथि रहेका अध्यक्ष साम्पाङभन्दा अगाडि आफूले सम्बोधन गर्न पाउनुपर्ने अपेक्षा गरेका थिए।

तर पार्टीको नियमित अभ्यासअनुसार स्वागत मन्तव्यपछि प्रमुख अतिथिको सम्बोधन, त्यसपछि टीका–फोटो र अन्य वक्ताहरूको कार्यक्रम तय हुने गरेको छ।

केन्द्रीय सदस्य मन्दिरा मोक्तानले कार्यक्रमको सेड्युलबारे उपाध्यक्षलाई पर्याप्त जानकारी नपुग्दा असमझदारी सिर्जना भएको बताइन्।

“नेतृत्व तहका व्यक्तिले असन्तुष्टि भए आन्तरिक रूपमा समीक्षा गर्नुपर्छ, सार्वजनिक मञ्चमा होइन,” उनले भनिन्।

यस घटनाले श्रम संस्कृति पार्टीभित्र आन्तरिक अनुशासन, संवाद र कार्यक्रम व्यवस्थापनको विषयलाई पुनः चर्चामा ल्याएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved