बराहक्षेत्र/ चतराघाट क्षेत्रमा सञ्चालन भएका पेडा पसलहरुमा वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले अनुगमन गरेको छ । बराहक्षेत्र नगरपालिकाले वडा नं. १ कोशीपुल , चतराघाट सञ्चालन भएका पेडा पसलमा नगरपालिकाले बुधवार अनुगमन गरेको हो । पेडा पसलबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु , शुद्धता , कानुनी प्रमाणसंगै होटलको सरसफाई , भान्सा , खाद्यवस्तुको मूल्य बढी, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेको हो । चतराघाट क्षेत्र पर्यकीय तथा पेडा कोसेलीका लागि प्रसिद्ध भएकाले अनुगमनलाई प्रभावका
बिषय प्रवेशःमार्क्स,एङ्गेल्स,लेनिन ,स्टालिन,माओ र पुरानो पुँजीवाद बिचारधारा कालिन जस्ताको तस्तै लागू हुनु पर्छ भन्ने छैन।किनकी विश्व दुनियाँ गतिशील छ। पदार्थ गतिशील छ। चेतना गतिशील छ। तर कुन सिद्दान्तको जगमा रहेर त्यसको सृजनात्मक प्रयोग गर्ने हो भन्ने कुरा प्रधान हुन्छ।यदपी मार्क्सवाद गतिशील बिज्ञान हो। गतिशील बिज्ञान नै नमान्ने हो भने पुजीँवाद बिचारधाराका दलहरु भन्दा कम्युनिष्ट पार्टीहरु के भिन्न हुन सक्छ ? अहिले बिश्व तीन दार्शनिक कार्ल मार्क्स,अल्बर्ट आइन्स्टाईन र हेगेलको दर्शनबाट संचालित छ।नेपालको सन्दर्भमा सिद्दान्तः मैले बुझेको मार्क्सवादको सृजनात्मक प्रयोग जनताको बहुदलिय जनवाद
धरान/ संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो। हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी टाढा–टाढासम्म पनि पुगिन्। लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन्। जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन्। पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ, उनले सुनाइन्। सु
खोटाङ/ हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदाम खेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् । परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच म
भक्तपुर/ कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ । बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् । साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् । &ls
चतरा/ पुर्वबाट पश्चिम तर्फ गइरहेको कार बराहक्षेत्र नगरपालिका वडा नम्बर १ को खारखोला छेउमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१र०२७ च ६०६९ नम्बरको सेतो कार चिप्लिएर बाटोबाट तल झरेको हो । कारमा सवार एकै परिवारका ४ जना घाइते मध्य एक जनाको अवस्था चिन्ताजनक देखिएको छ । घाइते चारै जनालाई उपचारको लागि वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको स्रोतले बताएको छ ।
सुनसरी/ थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् । कार्यसमितिको सचिव अभिराम चौधरी, सह-सचिव सरोज चौधरी कोषाध्यक्ष सीतवसन्त चौधरी र सह-कोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, र पूष्पलाल चौधरी चयन भएका छन् । कार्यसम
धरान । धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यबाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएपछि उपमहानगरपालिका मेयर विहीन भएको छ ।धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो । मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यबाहक मेयरको जिम
ताप्लेजुङ/ ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए । उनका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ ।रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदाय
प्रेम बास्तोलाइटहरीः संविधानमै समुदायको अधिकार र कर्तत्व्यको ग्यारेन्टी गरी उद्यमशिलतामा नगए सामुदायिक वनको अस्तित्व नै सकिनेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशले शनिवार इटहरीमा आयोजना गरेको ‘‘बदलिदो परिस्थितीमा अबको सामुदायिक वनको भूमिका’’ बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफल कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यससमितिका पदाधिकारीहरु, कोशी प्रदेशका पदाधिकारीहरु, केन्द्रिय समितिका पदाधिकारीहरु, सामुदायिक वनका विज्ञहरु स