स्थानीय

    Showing 811-820 of 5,047 items.
  • धरानमा लागूऔषधसहित युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ भानु मार्गमा लागूऔषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले शंका लागेका एक युवामाथि चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुको साथबाट स्पाइस ८६ पिस, डिकोलिक ७२ पिस र ट्रामाडोल १५९ पिस फेला परेका हुन् । उनी महादेव चौकबाट श्यामचोकतर्फ पैदल आइरहेका बेला पक्राउ परेका थिए । पक्राउ परेका लिम्बु र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा बुझाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 1,326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाडवाड सकिएसँगै भ्रमणमा निस्किए सर्वसाधारण

    धरान/ दशैं–तिहार सकिएसँगै अनुकूल मौसम र फुर्सदिलो समयको सदुपयोग गर्दै धार्मिक आस्था र पर्यटनसँग सम्बन्धित स्थलहरूमा घुमफिर गर्ने क्रम तीव्र बनेको छ । विशेषगरी पूर्वका रमणीय स्थलहरू र धार्मिक मठ–मन्दिरहरूमा भक्तजन तथा पर्यटकको चहलपहल बढ्दो क्रममा छ । धरान–१४ स्थित बुढासुब्बा मन्दिरको दर्शनका लागि देशका विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम निरन्तर बढेको छ । परिवारसहित पूर्वका धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरूको भ्रमणमा निस्किएका काठमाडौंका राजेन्द्र श्रेष्ठ पनि तीमध्ये एक हुन् । धरानमा एक रात बास बसेपछि शनिबार बिहानै बुढासुब्बा मन्दिर पुगेका श्रेष्ठले प

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • च्यासलस्थित एमाले मुख्यालयमा तीव्र पुनर्निर्माण, करिब १० करोड क्षतिपछि नयाँ स्वरूपमा रूपान्तरण

    काठमाडौं/ जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त बनेको ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालय अहिले धमाधम पुनर्निर्माण भइरहेको छ । असोज २४ गतेको आन्दोलनका क्रममा भएको घटनामा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको मुख्यालय अहिले नयाँ स्वरूपमा रूपान्तरण हुँदैछ । पार्टी स्रोतका अनुसार भवनका भग्नावशेष हटाएर नयाँ संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । कार्यालयलाई आधुनिक सुविधासहित पुनः सञ्चालनमा ल्याउने तयारीमा एमाले नेतृत्व जुटिरहेको बताइएको छ । मुख्यालय पुनर्निर्माणपछि पार्टीका सबै केन्द्रीय विभाग र संगठनगत बैठकहरू त्यहीँबाट सञ्चालन गरिने तया

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा १०८ शिवलिङ्ग स्थापना : धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ अध्याय

    इटहरी/कोशी प्रदेशको इटहरी–२ आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने ऐतिहासिक योजना साकार भएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा यो भव्य आयोजना सुरु गरिएको हो। असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा आयोजना गरिएको “१०८ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा आध्यात्मिक–धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम” कात्तिक १४ गतेदेखि २१ गतेसम्म चल्ने भएको छ। कार्यक्रमको सुरुवात कात्तिक १४ गते भव्य कलश शोभा यात्रासँग हुने छ भने कात्त

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बस दुर्घटनामा एकको मृत्यु, २१ जना घाइते

    झापा/झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित भित्री सडकखण्डमा मङ्गलबार राति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। मंगलबार राति करिब ११:५५ बजे दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक किनारको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसमा करिब ३५ जना सवार थिए। दुर्घटनामा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ। उनलाई उपचारका क्रममा खरखरेस्थित आम्दा अस्पतालमा डाक्टरले राति १२:२८ बजे मृत घोषित गरेका थिए। सोही बसमा सवार २१ जना यात्रु घाइते भएका छन्। घ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा सम्पन्न

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तिको पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको संरक्षण , प्रबद्बन तथा बिकासलालागि स्थापित वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिले मङलवार वराहक्षेत्र मन्दिर परिसर स्थित प्रवचनालय हलमा उक्त साधरण सभा आयोजना गरेको थियो । अध्यक्ष भक्त श्रेष्ठको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा समाजसेवि दिनेश अग्रवाल , जीवन कुमार अग्रवाल ,वराहक्षेत्र आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सुजन भण्डारि, बिष्णुपादुका मन्दिर बिकाश समितिका अध्यक्ष राजकुमार निरौल

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित दुई जना पक्राउ

    झापा/भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका दुई जना झापाको गौरीगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ४ः३० बजे गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बोर्डर नजिकैबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र सोही ठाउँका ३८ वर्षीय सुकबहादुर राईलाई शंकास्पद देखिएपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा तामाङको साथबाट ब्राउन सुगर लिसिलो पदार्थ प्लास्टिकसहित करिब ५ ग्राम १५० मिलिग्राम र प्लास्टिक बाहेक ४ ग्राम ११० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालसन्त मोहनशरण देवाचार्यको अगुवाइमा वृहत्तर बराहक्षेत्र पैदलयात्रा

    धरान/ आध्यात्मिक ऊर्जा र धार्मिक आस्थाले ओतप्रोत बनेको वृहत्तर बराहक्षेत्र पैदलयात्रा यस वर्ष पनि भक्तजनहरूको उत्साहपूर्ण सहभागितासहित जारी छ। जगतगुरु बालसन्त श्री मोहनशरण देवाचार्यको अगुवाइमा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो धार्मिक यात्रा यसपटक पनि भव्य रूपमा सम्पन्न हुँदैछ। कार्तिक १ गते बराहक्षेत्रबाट सुरु भएको यात्राले आइतबार धरान–१४ स्थित पवित्र पिण्डेश्वर मन्दिरमा विश्राम लिएको छ। महाभारत, वाल्मीकि रामायण, बराह महापुराण र स्कन्दपुराणको हिमवत् खण्डमा वर्णित वृहत्तर बराहक्षेत्रलाई जीवन्त राख्ने उद्देश्यले यो अभियान सुरु गरिएको देवाचार्यले बता

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा खैरो हिरोइनसहित एक युवक पक्राउ

    झापा/ झापा दमक नगरपालिका–९ शान्तिचोकमा लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार साँझ करिब ७ बजे मे १ ह ७०६५ नम्बरको सिटी सफारी रोक्काई जाँच गर्दा चालक वर्ष ३६ का मनोज धिमालको सवारी साधनबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। सिटी सफारीको सिटमुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित १२ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम गरी जम्मा १८ ग्रामभन्दा बढी लागुऔषध बरामद गरिएको हो। साथै, घटनास्थलबाट विभिन्न दरका नेपाली नगद १८ हजार रुपैयाँ र एउटा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समुद्री आँधी ‘मोन्था’ अझ प्रबल, आन्ध्र तटमा ठोक्किने चेतावनी

    नयाँ दिल्ली/  बङ्गालको खाडीमा सक्रिय समुद्री आँधी ‘मोन्था’ थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभाग (आईएमडी)ले चेतावनी दिएको छ। आईएमडीका अनुसार यो आँधी मंगलबार साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्ने सम्भावना छ। त्यतिबेला हावाको वेग ९० देखि १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ। मोन्थाको प्रभावका कारण तमिलनाडुका केही भागमा भारी वर्षा हुने सम्भावना छ भने आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आईएमडीले अलर्ट जारी गरेको छ। विभागले सोमबार जारी गरेको पूर्वानुमानअनुस

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved