विद्यालय जाँदै गरेकी नाबालिगमाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

  • पुस १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

झापा/ झापाको भद्रपुर नगरपालिका–१ मा विद्यालय जाने क्रममा एक नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ साल पुस १३ गते बिहान करिब १० बजे विद्यालयतर्फ जाँदै गरेकी १४ वर्षीया नाबालिगलाई बाटोमै रोकी जिस्क्याउने तथा अश्लील हर्कत गरी हैरानी दिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।

उक्त घटनामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–१ निवासी करिब ४० वर्षीय मंगल टुडुलाई मिति २०८२ साल पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले यसअघि पनि सार्वजनिक स्थान तथा विद्यालय जाने बाटोमा विद्यार्थीहरूलाई लक्षित गरी अश्लील हर्कत गर्दै हैरानी दिने गरेको खुलेको छ।

घटनासम्बन्धी अनुसन्धान तथा कानुनी कारबाहीका लागि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत करणी कसुर(बाल यौन दुर्व्यवहार) अभियोगमा जिल्ला अदालत झापाबाट मिति २०८२ साल पुस १६ गते पहिलो पटकका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता घटनाबारे जानकारी पाए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved