लहान/ लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ। झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन। असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधी हुरी चलेको छ। श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकै पटक आइपरेको छ।‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन। कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उनले हामीसँग भनिन
धरान/ विजयादशीको नौरथा शुरु हुनासाथ धरानका मठमन्दिरमा देखिने चहलपहल विगत केही वर्षयता हराउँदै गएको छ । विगतमा युवा–युवतीदेखि बालबालिकासम्म विहानै मठमन्दिर पुग्ने गरेका थिए भने अहिले यो प्रचलन लगभग हराएको देखिन्छ । धरान १४ विजयपुरका मठमन्दिरहरु नौरथा सुरु भएलगत्तै अत्याधिक चलायमान हुने गर्थे । विहान ३ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो । विशेष गरी दन्तकाली शक्तिपीठमा नौरथाको समयमा निकै भीड हुने गथ्र्यो । तर यस वर्ष नौरथामा मठमन्दिर पुगेका युवायुवती तथा बालबालिकाको उपस्थिति नगन्य मात्र देखिएको छ । समाजसेवी धर्मप्रेमीका अनुसार २०७२ सालको भूकम्प, त्यसपछिको कोभिड&nd
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियास्थित प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ। वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा समाजका अध्यक्ष नेत्र प्रसाद चम्लागाईसहितको टोलीले २९ थान पर्दा उपलब्ध गराएको समाजका प्रवक्ता नरबहादुर गुरुङले जानकारी दिए। संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले प्रहरी चौकीलाई आवश्यक सामग्री उपलब्ध गराएर नागरिक समाजले प्रशंसनीय कार्य गरेको बताए। त्यस्तै, समाजका अध्यक्ष चम्लागाईले प्रहरी चौकीलाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता
खोटाङ/ खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कंक्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ। तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाक
सुनसरी/सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित झाडीमा लुकाइएका १० किलो गाँजा प्रहरीले बरामद गरेको छ। मिति २०८२ असोज ९ गते राति करिब १२:२० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले सडक छेउमा बोरा भित्र प्याक गरी राखिएको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइ कानूनी प्रक्रिया अघि बढाइँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर/ जेनजी आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालयल सवारी कोशीले निजी गाडी कम्पनीसँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको छ । व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता गरिदिएका हुन । उनले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले जनाएको छ ।भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ । आगजनी पछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्थापछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका सबै याताय
सुनसरी/ आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ । पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ। आफ्नो बलले अण्ड ९ब्रह्माण्ड० उत्पन्न गर्न सक्ने भएकाले देवीलाई कुष्माण्डा भनिएको हो। धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनु अघि चारैतिर अन्धकार मात्र रहेको समयमा यिनै देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डा
सुन्दरहरैंचा/ जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई मंलबार कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । सुन्दरहरैचाको सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टर क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रा
वराहक्षेत्र/ वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा बुधवार कोशी पुल , चतरा
धरान/ दशैंको चटारो सुरु भएसँगै धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले बजारमा सक्रियता देखाएको छ । तर, यो सक्रियता औपचारिकता मात्रै भएको आरोप उपभोक्ताहरूबाट लाग्दै आएको छ ।धरान १ स्थित छाताचोक क्षेत्रका केही पसलमा गरिएको अनुगमनलाई धेरैले “मौसमी“ भन्दै आलोचना गरेका छन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत सहभागी थिए । तर, अनुगमनको उद्देश्यभन्दा पनि फोटो सुट गरेर भाइरल बन्ने चाहना प्रष्ट देखिएको स्थानीयको आरोप छ । अनुगमनका क्रममा आधा दर्जन जति पसलहरूमा अत्यन्तै विषालु मानिने कोलेन खाद्य सामाग्रीसँगै राखिएको पा