स्थानीय

    Showing 591-600 of 5,190 items.
  •   फुटबलमार्फत धरानको पर्यटन र व्यवसाय प्रवर्द्धन गर्दै बूढासुब्बा गोल्डकप

    धरान/  मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औँ संस्करण यही माघ २२ गतेदेखि धरानमा सुरु हुँदैछ। आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र फागुन २ गते फाइनल खेल हुनेछ। धरानको खेल पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई चलायमान बनाउँदै आएको यस प्रतियोगितामा यस वर्ष नेपाल, भारत र भुटानका गरी १० वटा उत्कृष्ट क्लबहरूको सहभागिता रहनेछ। दर्शकको चाहनाअनुसार यस पटक टिम संख्या आठबाट बढाएर १० पुर्‍याइएको आयोजकले जनाएको छ। आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार व्यवस्थापन, मैदान, सुरक्षा, टिम आवास तथा दर्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघ २४ देखि सातौँ झापा गोल्डकप, विजेतालाई १५ लाख नगद

    बिर्तामोड/  झापाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी गराए । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहनेछ । प्रतियोगिताका विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा श्रद्धालुको घुइँचो, आस्थाको केन्द्र बन्दै विजयपुर

    सुनसरी/ धरान उपमहानगरपालिका–१४ विजयपुर क्षेत्रमा अवस्थित पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर पछिल्लो समय श्रद्धालुको प्रमुख आस्थाको केन्द्र बन्दै गएको छ। विशेषगरी स्वस्थानी व्रत सुरु भएसँगै मन्दिरमा दैनिक रूपमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ। इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेत हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउँछिन्। उनका अनुसार स्वस्थानी अवधिमा कम्तीमा दुईपटक दन्तकाली मन्दिरमा पुगेर पूजा गर्ने परम्परा छ। “शुद्ध मनले चिताएको पूरा हुन्छ भन्ने विश्वासले यहाँ आउँछु,” उनले भनिन्। मन्दिरका मूलपुजारी विश्वराज खनालका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुर

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा ‘साइन्याप्स २०२६’ भव्य रूपमा सुरु, १९ मेडिकल कलेजको सहभागिता

    धरान/ धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर–मेडिकल कलेज स्तरीय प्रतिष्ठित कार्यक्रम ‘साइन्याप्स २०२६’ शुक्रबारबाट भव्य रूपमा सुरु भएको छ। विद्यार्थी कल्याण समाजको आयोजनामा सुरु भएको यो सातदिने महोत्सवले भावी स्वास्थ्यकर्मीहरूलाई शैक्षिक गतिविधिभन्दा बाहिरका प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।प्रतिष्ठानको परिसरमा आयोजित उद्घाटन समारोहको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गरेका हुन्। अन्तर–मेडिकल कलेजस्तरीय यो प्रतिष्ठित कार्यक्रम सन् २०१८ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको भए पनि कोभिड

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्ड–२०२६ कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

    इटहरी/ कोशी प्रदेशकै सबैभन्दा प्रतिष्ठित सम्मानका रूपमा स्थापित कोशी एक्सिलेन्स अवार्ड–२०२६ कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका बिजनेस प्रमुख सागर केसी तथा मार्केटिङ म्यानेजर अनुपम अधिकारीबीच औपचारिक सम्झौता भएको हो। आउँदो फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्ट्रन होटलमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड–२०२६ कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको हो। कोशी प्रद

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोप्य मुचुल्का, विवादित फैसला :राजनितिक पहुँचका आधारमा न्यायिक समितिले गर्यो फैंसला

    सुन्दरहरैंचा/  राजनितिक पहुँचका आधारमा स्थानीय तहमा रहेको न्यायिक समितिले निर्णय गर्दा नागरिकहरुले अनावश्यक मुद्दामामिला झेल्न बाध्य हुनपर्छ भन्ने गतिलो उदाहरण बनेको छ ,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ को कुलोरपैनी प्रकरण । फिल्ड र नक्सामा समेत नभएको कुलोरपैनीको बिषय उठाएर सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ निवासी दुर्गा महतका छिमेकी कृष्णदेव अधिकारीले राजनितिक पहुँचको आधारमा न्यायिक समितिमा उजुरी हालेको आधारमा सहि तरिकाले छानविन नै नगरि फैसला गर्दा महत परिवार तनावमा छन् । न्यायिक समितिको फैसलालाई नै जिल्ला अदालत मोरङले पनि सदर गरिदिएपछि महत परिवार थप तनावमा परेको छ । जि

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराको औलिया माबिले मनायों ४३ औं बार्षिकोत्सव समारोह

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको औलिया माध्यमिक बिद्यालयले आफ्नो ४३ औं बार्षिकोत्सव  दिवस मनाएको छ । बुधवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख नन्दकुमारी सुनुवार , शिक्षा बिकाश तथा समन्वय ईकाइ सुनसरीका प्रमुख देबेन्द्र मल्ला विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा वडा नं १ अध्यक्ष किसन थापामगर , वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, आदर्श माबिका पुर्व प्रध्यानाध्यापक प्रह्लाद भट्टराई शिक्षा समित

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१३ को जिरोपोईन्ट, बारम्बार दुर्घटना रोक्न सरोकारवालाको आग्रह

    धरान/ धरान–धनकुटा कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोईन्ट क्षेत्र सवारी दुर्घटनाको हटस्पट बन्दै गएपछि विभिन्न राजनीतिक दल, संघ–संस्था, टोल विकास समिति तथा समाजसेवीहरूले वडा कार्यालयमा संयुक्त ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन समाधानको माग गरेका छन्। सन् १९८२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको धरान–धनकुटा सडक पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने एकमात्र प्रमुख मार्ग हो। दैनिक करिब ११ सयदेखि १२ सयसम्म सवारी साधन चल्ने यस सडक खण्ड साँगुरो, उकालो–ओरालो भूगोल र अव्यवस्थित बजारीकरणका कारण अत्यन्त जोखिमपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ। स

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषणा

    धरान/ सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित नेकपा एमालेले ७०७ सदस्यीय शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन गरेको छ। नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान–१० स्थित सैनिक भवनमा आयोजित वृहत कार्यक्रममा कमिटी सार्वजनिक गरेको हो। नवगठित कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी चयन भएकी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन्। कमिटीको हाई कमाण्डमा प्रदेशस्तरीय प्रभावशाली नेताहरू विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशिला पहाडी ढकाल लगायत रहेका

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्सिङ आइडल सिजन–५ को फाइनल सम्पन्न, क्रिस्टिना राई विजेता

    धरान/ हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–५ को फाइनल माघ १२ गते सोमबार धरान-१५ स्थित चुम्लुङ भवनमा सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धाबाट कार्मेल स्कुलकी क्रिस्टिना राई प्रथम भएकी छिन्। प्रतियोगितामा आइडियल इंग्लिस बोर्डिङ स्कुलका प्रतिक राई द्वितीय,जेनिथ स्कुलकी प्रिन्सा मगर तृतीय भएकी छन् भने डि।पी। बिलिभर्स स्कुलकी सन्ध्या माझी चौथो र यु।एन। नवोदय स्कुलकी प्रशंसा देवान पाँचौँ स्थानमा रहन सफल भएका छन्। प्रतियोगिताका विजेता प्रतिस्पर्धीहरूलाई नगद पुरस्कारसहित नटराजको ट्रफी प्रदान गरिएको थियो। प्रतिस्पर्धीहरुलाई प्रथम, द्वितीय

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 451 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved