बलात्कार मुद्दा हाल्छु भन्दै करोडौं असुली—तुलसा फरार, १० विरुद्ध केस

  • चैत २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/सहमतिमा भएको शारीरिक सम्बन्धलाई नै हतियार बनाएर ‘जबरजस्ती करणीको मुद्दा हाल्ने’ धम्की दिँदै करोडौं रकम असुली गरेको आरोपमा टिकटकर ‘तुलसा’ भनिने तुल्सी अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुर ले जबर्जस्ती रकम असुली, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन बुझाएपछि बिहीबार जिल्ला अदालत ललितपुर मा मुद्दा दायर गरिएको हो।

अभियोगपत्रअनुसार तुल्सी अधिकारीले आर्थिक लाभ लिने मुख्य उद्देश्यसहित सहमतिमा भएको सम्बन्धलाई आधार बनाउँदै पीडित कुमार चिमोरियालाई बारम्बार ‘बलात्कारको मुद्दा हाल्ने’ भन्दै धम्की दिँदै दबाब सिर्जना गरेको उल्लेख छ। सोही धम्की र त्रास देखाएर नगद, जिन्सी तथा विभिन्न सम्पत्ति किन्न लगाई करिब ६ करोड ५२ लाख रुपैयाँ असुली गरेको अभियोजन पक्षको दाबी छ।

यस प्रकरणमा तुल्सी अधिकारीसँगै मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु, अशोक अग्रवाल, नेलीका लामिछाने लगायतलाई पनि प्रतिवादी बनाइएको छ। प्रहरीका अनुसार उनीहरूले संगठित रूपमा योजनाबद्ध तरिकाले रकम असुली गरेको देखिएको छ।

अनुसन्धानबाट तुल्सी अधिकारीको नाममा ललितपुरको भैँसेपाटीमा घर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा जग्गा र ललितपुरकै कुमारीपाटीमा ‘तुल्सा कलेक्सन प्रालि’ सञ्चालनमा रहेको खुलेको छ। साथै, उनले नेपाल, भारत, चेन्नई र श्रीलङ्कासम्म गरी ५३ पटक विदेश यात्रा गरेको विवरण पनि फेला परेको छ।

हाल फरार रहेकी तुल्सी अधिकारी छोरीसहित चीनमा रहेको आशंका गरिएको छ भने प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा भने तुल्सीसहित उनकी छोरी, बाबु र आमालाई समेत प्रतिवादी बनाइएको छ।

अब अदालतमा हुने सुनुवाइले अभियुक्तहरूको संलग्नता, असुली रकम र सम्पत्तिको स्रोतबारे थप खुलासा गर्ने अपेक्षा गरिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved