पाँचकन्या बनमा गणेश, सर्व सम्मतले नयाँ नेतृत्व

  • चैत १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -रणध्वज लोहार

पानबारी/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको पाँचकन्या सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ।

वनको आफ्नै कार्यालयमा सम्पन्न साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गठन गरेको हो।

निर्वाचन समितिका संयोजक शिव कटवालका अनुसार सबै पदाधिकारी सहमतिमै चयन भएका हुन्।

नयाँ कार्यसमितिको अध्यक्षमा गणेश कार्की चयन भएका छन् भने उपाध्यक्षमा नेत्रबहादुर बिष्ट (विमल), सचिवमा नीता लोहार, सह–सचिवमा अमृत राई र कोषाध्यक्षमा मगर चयन भएका छन्।

बाँकी सदस्यहरू भने नव–निर्वाचित पदाधिकारीहरूको सिफारिसमा निर्वाचन समितिले मनोनयन गर्ने जनाइएको छ।

वनको आर्थिक पारदर्शिता र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिँदै सहमतिमै नयाँ कार्यसमिति गठन गरिएको संयोजक कटवालले बताए।

उक्त सामुदायिक वनको नाम साविक पाँचकन्या गाविसको ऐतिहासिक पहिचानलाई सम्मान गर्दै राखिएको हो।

वनका संस्थापक अध्यक्ष रमेश कुमार बस्नेत हुन्, जो हाल कोशी प्रदेश सरकारका प्रदेश सभा सदस्यका रूपमा कार्यरत छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved