धरानमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

  • चैत १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा लागूऔषध विरुद्ध प्रहरीले चलाएको सक्रिय अभियान अन्तर्गत दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्।

मिति २०८२ चैत १५ गते दिउँसो करिब १२:३० बजे वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय  बाट संयुक्त रूपमा खटिएको टोलीले धरान–९ देवकोटा पथमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा भारत बिहार सुपौल जिल्लाका २३ वर्षीय आदित्य सागरलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट २।९४ ग्राम ब्राउन सुगर बरामद भएपछि थप अनुसन्धानका क्रममा प्रहरीले उनको बयानकै आधारमा धरान–१८ बुद्ध चौकस्थित कान्तिपुर गेष्ट हाउसमा पुगेको थियो। त्यहाँ बसेका अर्का भारतीय नागरिक, सुपौल जिल्लाकै २६ वर्षीय राजकुमार यादवको साथबाट १०।२३ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैजनालाई लागूऔषध र प्रयोग भएको को ३४ प १११४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान मा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved