वराहक्षेत्रमा वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण र नृत्यकलाको प्रशिक्षण

  • चैत १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए ।

कक्षा ६, ७ र ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको छ ।

चक्रघट्टि स्रोत केन्द्रको सभाहलमा आयोजना भएको उद्घोषण कला प्रशिक्षणमा विद्यार्थीहरूलाई प्रशिक्षक राम प्रसाद खरेलले सहजीकरण गर्ने छन् । मङलवारबाट सुरु उक्त प्रशिक्षण ५ दिवसीय रहने छ ।

त्यस्तै चक्रघट्टि स्थित जनहित क्लबको भवनमा आयोजना भएको नृत्यकला प्रशिक्षणमा कक्षा ६, ७ र ८ को वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

सहभागी विद्यार्थीहरूलाई नृत्य प्रशिक्षक देवराज खड्काले सहजीकरण गर्ने छन् । उक्त प्रशिक्षण ५ दिवसीय रहने छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved