स्थानीय

    Showing ५७१-५८० of ५,३३१ items.
  • सिटी मन्टेश्वरीकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

    धरान/ सुनसरीको धरान–१६मा अवस्थित सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टरकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार धरान १६ मा रहेको  याक्खा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। “From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए। दीक्षान्त समारोहअन्तर्गत उत

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ५६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदय कुमार राईको नेतृत्वमा ग्रील व्यवसायी संघको नयाँ कार्यसमिति गठन

    धरान/ २०५३ सालमा स्थापना भएको संयुक्त ग्रील उद्योग व्यवसायी संघ धरानको ९औँ अधिवेशनबाट उदय कुमार राई अध्यक्षमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा कमल शंकर, द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ, सचिवमा प्रेम कुमार राई, सह–सचिवमा मदन कुमार प्रधान र कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदीप विक र विवश विश्वकर्मा रहेका छन्। नवनिर्वाचित अध्यक्ष राईले ग्रील व्यवसायीहरूको हकहित संरक्षण गर्द

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ३५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पब्लिक हाई स्कुलकाे ७९औँ बार्षिकोत्सव: ५४ विद्यार्थी दीक्षित

    धरान/ धरान–१२ स्थित पब्लिक हाई स्कुलले ७९औँ अभिभावक दिवस, दीक्षान्त तथा नतिजा प्रकाशन कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा युकेजी तह पूरा गरेका ५४ जना साना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको छ भने प्ले ग्रुपदेखि कक्षा–९ सम्मका विद्यार्थीहरूको वार्षिक नतिजा पनि सार्वजनिक गरिएको विद्यालयले जनाएको छ। प्रधानाध्यापक डा. इन्द्रमोहन झाले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र, अबिर, खादा, गाउन र ह्याटसहित सम्मानपूर्वक दीक्षान्त प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले व

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी राजमार्गअन्तर्गत १३ हजार रुख कटान

    सुनसरी/ राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् ।राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटान भइसकेको जानकारी दिनुभयो । सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३ रुख काटिएको इञ्जिनियर भट्टराईले जानकारी दिनुभयो । सडक रेखा

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ३६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघाद्वारा वक्तृत्वकलाका विजेतालाई सम्मान

    धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजले धरान प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ। र्‍याडिकल लाइट नेपाल प्रा।लि।द्वारा गत चैत्र २१ गते आयोजित प्रतियोगितामा कक्षा–११ की छात्रा सन्जिना राई प्रथम भएकी थिइन्। उनलाई कलेजले बिहीबार विशेष कार्यक्रम गरी सम्मान गरेको हो। साथै, सोही प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएकी कक्षा–११ कै दिविका राईलाई पनि सम्मान गरिएको छ। कलेजका प्रिन्सिपल भास्कर पौडेल, शैक्षिक निर्देशक अर्जुन घिमिरे तथा अध्यापक चन्द्र वनेमले छात्राद्वयलाई मायाको चिनो प्रदान गर्दै अबिर र खादा लगाएर सम्मान

    • प्रकाशित मितिः चैत २६, २०८२
    • ४२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

    धरान/ धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ । मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो । कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो । मन्त्री सुनुवारले आजका बालबालिका भनेको भोल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ३२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ हुँदै

    धरान/ कोशी प्रदेशलाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यसहित धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुने उक्त उत्सव पर्यटन, संस्कृति, कला र व्यवसायको संगमका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा भारतीय पर्यटक, विशेषगरी बिहार राज्यका पर्यटकलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो। कोशी करिडोरलाई केन्द्रमा राखेर आयोजना हुने यस उत्सवले सीमापार पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरि

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ५४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटल र एक्वा स्कुलबीच स्वास्थ्य सहुलियत सम्झौता

    धरान/ धरान–१० स्थित विजयपुर हस्पिटल प्रा.लि. र धरान–१७ को एक्वा डाइनास्टी इंग्लिस स्कुलबीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण सहकार्य भएको छ। विद्यालयको पहलमा भएको यस समझदारीले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट डाइरेक्टर अनिस राईको सहभागिता रहेको थियो। सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। जसअन्तर्गत औषधि (फार्मेसी) सेवामा १० प्रतिशत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ७२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सिद्धार्थ स्कुलका शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट, प्रहरीमा उजुरी

    धरान/ सुनसरीको धरान १६ मा रहेको सिद्धार्थ शिशु सदन मा शिक्षककै हातबाट विद्यार्थी कुटिएको घटनाले विद्यालयको अनुशासन र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । कक्षा ५ मा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरी घाइते बनाएको घटना बाहिरिएपछि विद्यालयप्रति अभिभावकको आक्रोश चुलिएको छ । कक्षा ५ मा अध्ययनरत विद्यार्थी सिद्धार्थ कटुवाललाई सोमवार शिक्षक प्रदिप सुवेदीले कुटपिट गरेका थिए ।कुटपिटका क्रममा कट्वालको हातमा चोट लाग्ने गरी प्रहार गरिएको बताइएको छ । पीडितका अभिभावक धनबहादुर कट्वालका अनुसार विद्यालयले सामान्य अनुशासनका नाममा बालबालिकामाथि शारीरिक हिंसा गर्ने प्रवृत्ति देखाएको

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १,१४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान जोड्ने सडक अलपत्र: मेयर कार्कीको कडा एक्सन

    वराहक्षेत्र/  वाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने बहुप्रतिक्षित कालोपत्रे सडक निर्माण लामो समयदेखि अलपत्र पर्दै आएपछि वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की कडा रूपमा अघि बढेका छन्। सोमबार मेयर कार्की स्थानीय जनप्रतिनिधि तथा उपभोक्तासहित विराटनगरस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउँदै योजना यथाशीघ्र सम्पन्न गर्न कडा दबाब दिएका हुन्। संघीय सरकारको बजेटबाट निर्माण भइरहेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयवासी तथा सेवाग्राहीले निरन्तर सास्ती खेप्दै आएका छन्। धुलो, हिलो र अव्यवस्थित स

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ३५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved