धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ हुँदै भारतीय पर्यटक लक्षित गर्दै कोशी प्रदेशको ठूलो पहल, धरानमा दुईदिने उत्सव

  • चैत २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशलाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यसहित धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ।

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुने उक्त उत्सव पर्यटन, संस्कृति, कला र व्यवसायको संगमका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा भारतीय पर्यटक, विशेषगरी बिहार राज्यका पर्यटकलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो।

कोशी करिडोरलाई केन्द्रमा राखेर आयोजना हुने यस उत्सवले सीमापार पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उत्सवको आयोजना पर्यटन कार्यालय धरानको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एशोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रमले भारतीय पर्यटकलाई यहाँको संस्कृति, खानपान र स्थानीय आतिथ्यतासँग नजिक गराउने लक्ष्य लिएको छ।

कार्यक्रममा भारतको बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, नेपाल र भारतका कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवर्द्धन गतिविधि र विविध खानाका स्टलहरू समेत रहनेछन्।

यससँगै, सिमानापारका उद्योगी–व्यवसायीबीच व्यापार, लगानी र सहकार्यका विषयमा अन्तरक्रिया समेत हुने विश्वास आयोजकले लिएको छ। कार्यक्रम संयोजक नारायण लिम्बुले उत्सवले कोशी कोरिडोरका सम्पूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

उक्त उत्सवमा सहभागिताका लागि सम्पूर्ण नागरिकलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved