धरान मेघाद्वारा वक्तृत्वकलाका विजेतालाई सम्मान

  • चैत २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजले धरान प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ।

र्‍याडिकल लाइट नेपाल प्रा।लि।द्वारा गत चैत्र २१ गते आयोजित प्रतियोगितामा कक्षा–११ की छात्रा सन्जिना राई प्रथम भएकी थिइन्। उनलाई कलेजले बिहीबार विशेष कार्यक्रम गरी सम्मान गरेको हो। साथै, सोही प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएकी कक्षा–११ कै दिविका राईलाई पनि सम्मान गरिएको छ।

कलेजका प्रिन्सिपल भास्कर पौडेल, शैक्षिक निर्देशक अर्जुन घिमिरे तथा अध्यापक चन्द्र वनेमले छात्राद्वयलाई मायाको चिनो प्रदान गर्दै अबिर र खादा लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा प्रिन्सिपल पौडेलले यस्ता प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए। शैक्षिक निर्देशक घिमिरेले कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीको क्षमता विकासमा जोड दिँदै आएको उल्लेख गरे।

सम्मानबाट आफूहरू थप उत्साहित भएको प्रतिक्रिया छात्राद्वयले दिएका छन्।

उक्त प्रतियोगितामा विजेता सन्जिना राईले नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् भने दिविका राईले सक्रिय सहभागिताका लागि प्रमाणपत्र हासिल गरेकी थिइन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved