स्थानीय

    Showing 4,691-4,700 of 4,961 items.
  • उपविजेता लामाद्वारा सहयोगीलाई धन्यवाद ज्ञापन

    धरान वाईवाई नेपाल स्टारका उपविजेता सन्देश बमजन लामाले आफूलाई उपविजेता बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । धरान–२ को वराह किचनमा बुधबार आयोजित कार्यक्रममा उनले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् । गत वर्ष माघ १७ गते अडिसन दिएर वाईवाई स्टारको यात्रा प्रारम्भ गरेका लामा माघ १७ गते नै उपविजेता बन्न सफल भए । कार्यक्रममा उनले जितसँगै थप जिम्मेवारीसमेत बढेको बताउँदै आफूलाई उपविजेता बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा सङ्घ–संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि वराह ग्रुपका अध्यक्ष तथा गायक शिव लामिछानेले लामालाई बधाई दि

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अभावका कारण उपचारमा समस्या झेलीरहेकी मेनुकाद्वारा सहयोगको अपिल

    धरान/ अर्थिक अभावमा क्यान्सरको उपचारमा समस्या झेलीरहेकी धरान १५ की मेनुका लिम्बुले सहयोगको लागि अपिल गरेकी छिन् । पाटन अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराइरहेकी उनलाई अप्रेसनका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेकी हुन् । बिरामी लिम्बुको पाठेघरमा क्यान्सर हुनका साथै घाटीमा समेत इन्फेक्सन सुरु भएकोले अप्रेशन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको बिरामीका बुवा बुवा नयन्द्र बहादुर लिम्बुले बताएका छन् । बिरामीको अप्रेसनको लागि ३५ लाख लाग्ने अस्पतालले भनेको बताउँदै उनले सहयोगको अपिल गरेकी छन् । २५ वर्षिय लिम्बुको ७ महिनाको बच्चा समेत रहेको छ । सुरुसुरुमा खाना नरुच्ने र पानी मात्र ख

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन

    धरान÷ धरानमा सुरक्षित आप्रवासन परियोजना (सामी) स्वीस सरकार र हेल्भाटस नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ । धरान उपमहानगरपालिका र युथ क्रियसनबीच गत वर्ष पुसमा सामी परियोजनासम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम धरानका वडा नं. ५, १४, १५ र १७ मा २४ हप्ताको वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन भइरहेको छ । गत मङ्सिर १२ गतेदेखि वडा नं. ५ मा हरेक शुक्रबार कुुलुङ भवनमा कक्षा सञ्चालन भइरहेको छ । यस्तै वडा नं. १४ मा सोमबार जर्मन भवनमा र वडा नं. १७ मा मङ्गलबार फोकल्यान्ड सामुदायिक भवनमा कक्षा सञ्चालन भइरहेको छ । १५ नं. वडामा भन

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको नगरसभा फागुन १० मा हुने

    धरान÷  धरान उमनपा कार्यपालिकाको सोमबार बसेको बैठकले नौवटा व्यवस्थापन तथा कार्यविधि स्वीकृत गरेको छ । बैठकले आगामी फागुन १० गते नगर सभाको बैठक बस्ने निर्णय गरेको छ । बैठकले मेलमिलाप र कुकुर व्यवस्थापन कार्यविधि, नगरसभाको मिति तोक्ने मापदण्ड, वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने, खानेपानी मुहान उपयोग, निर्माण सामग्रीको दर, उपभोक्ता समितिको प्रतिशत र खरिद गुरुयोजना सम्बन्धमा प्रस्ताव स्वीकृत गरेको हो । न्यायिक समितिले प्रचलित कानुनबमोजिम उजुरीको कारवाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनुपर्ने कार्यविधि स्वीकृत भएको छ । उमनपाभित्र स्वच्छ र सफा वातावरण कायम गर्

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना र राजनीतिक अस्थिरताले विकासका काम रोकिए

    धरान: कोभिड १९ कोरोना र राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र प्रभावित भएस“गै विकास निर्माण कामहरु समेत ठप्प भएका छन् । कोरोनाका कारण समयमै बजेट निकासा नहुदा यस्ता विकास निर्माण प्रभावित भएको हो भने राजनीतिक अस्थिरताले थप जटिलता निम्त्याउ“दा यस्ता विकासका निर्माणहरु प्रभावित बनेका हुन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान ६ पानबारीबाट मोरङको राजारानीसम्म बन्दै गरेको सडक आयोजना । १ हजार ८ सय ४० मिटर दूरीको काममा हालसम्म ३ सय मिटर कच्ची सडक र ड्रेनको काम सम्पन्न भएका छ । एक बर्षको अवधिमा अर्थात ०७७ असार ३ गते सम्झौता भई काम शुरु भएको ०७८ जेष्ठ २३ गते सम्पन्न ग

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 851 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • विपन्न परिवारलाई रासन कार्ड वितरण

    धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पनि मनाइयो शहीद दिवस

    धरानः शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ १६ गते मनाइदै आइएको शहीद दिवस शुक्रबार आज धरानमा पनि मनाइएको छ । प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा शुक्रवार धरान उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको हो । शुक्रबार शहीदको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी ,धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लागयतले शहीदका तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभामुख भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, जहानिया राणा शासन, निरङ्कुश पञ्चायत तथा तानाशाही राजतन्त्र

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित महिलाको भेला तथा प्रशिक्षण सम्पन्न: सञ्जालको अध्यक्षमा भुषाल, सचिवमा देविका निर्वाचित

    धरान । धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिको आयोजना माघ १३ गते दलित महिला महिला सञ्जालको तेश्रो नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेश सांसद उमिता बराइलीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सांसद बराइलीले दलित महिलाहरुको काँधमा सिंगो दलित मुक्ति आन्दोलनको जिम्मेवारी आएको बताउँदै त्यसका लागि दलित महिलाहरुको क्षमता बृद्धि गर्नुपर्ने आवश्यकता भएको बताइन् । देशैभरका दलित महिला वडा सदस्यहरु नै दलित समुदायको प्रतिनिधि भएकोले अबको दलित मुक्ति आन्दोलनलाई सहि ढंगले अघि बढाउन दलित महिलाहरु नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । उनले दलित आन्दोलन छरपष्ट

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक : वारि चिटिक्क, पारि भद्रगोल

    इटहरी:  रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ । पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ । तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले ब

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,049 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानउपमहानगर प्रमुख तिलक राईद्धारा शहीद दिवसको शुभकामना

    धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामनाव्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूतिदिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपालीवीर सपुतको बलिदानी रहेको उपमहानगर मेयर राईद्वारा जारी गरिएको शुभकामना सन्देशमाभनिएको छ । ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved