बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित आन्दोलन: मुख्य एजेण्डा भने ओझेलमा

  • जेठ २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt वीपी प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक तथा विद्यार्थीहरु । फाइल फोटो ।

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा बीपी सुधारको माग राख्दै आन्दोलन हुने गरेका छन् । कहिले बीपीका कर्मचारी, चिकित्सकहरुले आन्दोलन गर्छन् भने कहिले बीपीसंग सरोकार राख्नेहरुले आन्दोलन गर्ने गर्छन् ।

तर कर्मचारी तथा चिकित्सकहरुले विगतदेखि नै गर्दै आएका आन्दोलनको एउटा मुख्य एजेण्डा भने ओझेलमा पर्दै गएका छन् । फ्याकल्टीहरुको बढुवा हुनुपर्ने माग त्यहा कर्मचारी, चिकित्सक तथा विपीमा कार्यरत सबैको प्राथमिकतामा पर्ने गरेपनि विस्तारै त्यो मुद्दा ओझेमा परेर सुद्धीकरण अभियानतर्फ मोडिएको छ ।

यही विषयमा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, नर्सिङ वेलफेयर सोसाइटी बीपी क्याम्प लगायतले पहिलो आन्दोलनको पहिलो एजेण्डा नै बढुवालाई राख्ने गरेका थिए । तर अहिले त्यो एजेण्डा विस्तारै हराएर सुद्धिकरणतर्फ गएको हो ।

दुई बर्ष अगाडि यही मुद्दालाई अघि सारेर आन्दोलन चर्काएको चिकित्सा तथा दन्त चिकित्सा शिक्षकण कल्याण समाजको आन्दोलन चर्काएको थियो । आन्दोलनपश्चात २०७७ माघ २३ प्रतिष्ठान प्रशासन र समाजबीच बसेको छलफलमा मुख्य एजेण्डाको रुपमा रहेको फेकल्टी बढुवाको विषयमा प्रतिष्ठान गम्भीर भएको र एक महिनाभित्र विज्ञापन प्रकाशन गरी बढुवाको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको थियो । त्यसबेला समाजका तर्फबाट अहिले सुद्धीकरणको आन्दोलन गर्दै आएका डा. विष्णु पोख्रेल, डा. सूर्यप्रसाद रिमाल, डा.सञ्जिव साह, डा.अञ्जनीकुमार यादव, डा.मनोज भट्टराई, डा. लक्ष्मण खनाल, डा.निर्मल प्रसाद साहले सहमति पत्रमा हस्ताक्षर गरेका थिए भने अस्पतालका तर्फबाट उपकुलपछि डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, तत्कालीन रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्दैशक गौरीशंकर साहले हस्ताक्षर गरेका थिए । एक महिनामित्र प्रक्रिया अगाडि बढाउने सहमति भएको भए पनि ा प्रतिष्ठानले बढुवाको लागि प्रक्रिया अगाडि बढाउनुपर्ने सहमति भएपनि अहिलेसम्म त्यो प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. अरुण सिंहले आफू समाजको अध्यक्ष भएको एक बर्ष पुगेको बताउदै सहमति पछि पनि अस्पतालका जिम्मेवार पदाधिकारीलाई मौखिक तथा लिखित रुपमा जानकारी गराउदा पनि बढुवाको विषयमा सुुनुवाई नभएको बताए । उनले भने–‘विगतमा फेकल्टीको तीन तीन महिनामा बढुवा हुने गथ्र्यो, त्यसबेला सबैको मनोबल उच्च थियो, काम गर्ने जागर थियो, अहिले जति पनि चिकित्सकहरु छाडदै जानु भएको छ यो सबै बढुवाको प्रक्रिया अगाडि नबढाएरै हो ।’

उनले विगतका उपकुलपति प्रा.डा राजकुमार रौनियारको पालामा दुई पटक प्रमोशनको विज्ञापन गरेको फेकल्टीवाइज पदोन्नति गरेको बताउदै चारबर्षदेखि यो रोकिएको बताए । उनले भने–‘बढुवाको विषयमा सम्बन्धित पदाधिकारीलाई पटक पटक विज्ञप्ती दियौ, तर प्रतिष्ठानले सुनेन ।’

फेकल्टीको बढुवा नभएकै कारण प्रतिष्ठानले ठूलो घाटा व्यहोर्नुपरेको त्यहा कार्यरत चिकित्सकको बुझाई छ । युरो सर्जर डा. सुधिर सिंह, एडिस्नल प्रोफेसर.डा. नारेन्द्र पण्डित जो वीपीको राम्रो सर्जर मानिन्छ, जिआइ सर्जर डा. लालीजन वाग्ले, गाइनोलोजिष्ट डा. अजय अग्रवाल, एसिसियोट प्रोफेसर ज्योति अग्रवाल, मुटुरोग विशेषज्ञ डा. प्रसान्त साह लगायतका चिकित्सक बढुवासंगै सेवा सुविधा कम भएकै प्रतिष्ठान छोडेर नीजि अस्पतालमा काम गर्न गएको चिकित्सकहरु ब्ताउछन् ।

प्रतिष्ठानमा काम गर्ने चिकित्सकले अन्य स्थानमा काम गर्न नपाउने प्रतिष्ठानको नियमावलीमा उल्लेख रहेकोले बढुवा नहुदा र सेवा सुविधा कम हुदा बाध्य भएर छोडेर गएको उनीहरुको चिकित्सकहरुको भनाई छ । उनले भने–‘बढवासंग अन्य धेरै कारणहरु छन्, मुख्यत ः बढुवा नै हो, यसमा प्रतिष्ठानले गम्भीर रुपमा नलिएकै कारण राम्रा चिकित्सकले धमाधम छोड्दै गएका हुन् ।’
बालरोग विशेषज्ञ समेत रहेका डा. सिंहका अनुसार प्रतिष्ठानको नियमावलीमा बाधिएर काम गर्दा चिकित्सकले सोचेजस्तो सेवा सुविधा नपाएर बीपी छोड्नुपर्ने बाध्यता हुनसक्ने बताए । त्यतिमात्र हैन चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश लिने भएपछि स्नातक तहका विभिन्न विधामा प्रतिष्ठानले व्यवस्था गर्दै आएको फेकल्टी तथा कर्मचारीको छोराछोरीका निम्ति छुट्याइएको आरक्षण कोटा मन्त्रिपरिषद्बाट पारित निर्देशिकामा कटौति गरिएकोले पनि चिकित्सकको मनोवल गिरेर प्रतिष्ठान छोडेर जाने चिकित्सक लाइन लागेको उनको भनाई छ । यस विषयमा बुझ्न प्रतिष्ठानको सुद्धीकरण शुरु गरेका आन्दोलनका संयोजक डा. सूर्यकुमार रिमालसग फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन भने सह संयोजक डा. विष्णु पोख्रेलले फोन उठाएनन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved