दलित समुदायका जनप्रतिनिधिलाइ सम्मान

  • असार ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित तथा जेठ १६ गते भएको कार्यपालिकाको निर्वाचनबाट दलित समुदायबाट निर्वाचित सुनसरी जिल्लाका जनप्रतिनिधिहरुलाइ  मुक्ती समाजले सम्मान गरेको छ ।

नेकपा एमालेको जनबर्गिय संगठन नेपाल जातिय उत्पिडित मुक्ती समाज सुनसरीले सम्मान गरेको हो । एमालेको इनरुवा स्थित पार्टी कार्यलयको सभाहलमा आयोजना गरिएको सम्मान तथा स्वागत कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का पुर्व मुख्यमन्त्री भिम आचार्यले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाइ सम्मान गरेका थिए । जिल्लाका विभिन्न स्थानीयतहमा ५६ जना दलित समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व मुख्यमन्त्री तथा  स्थायी कमिटी सदस्य आचार्यले शैक्षिक, राजनितिक, सामाजिक, आर्थिक बिकाशको लागि अभियान संचालन गर्नु पर्ने बताए । एमालेले लिएको समानतामुलक समाज निर्माण गर्ने अभियानलाइ सफल पार्न वडा स्तरमै कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए । उनले भने, `संविधानमै दलित समुदायको हक अधिकार स्थापित गर्ने ब्यबस्था रहे पनि अझै कार्यन्वयन भएको छैन, समाजको चेतनास्तर उकास्न सकेको छैन, अबको जनप्रतिनिधिले दलित समुदायको सामाजिक, शैक्षिक, राजनितिक, आर्थिक स्तर उकास्न वार्षिक कार्यक्रम आयोजना गर्नु पर्छ ।´ दलित समुदायको विकाशको लागि चेतनामुलक, आयमुलक कार्यक्रमको आवश्यकता रहेको बताए । कार्यक्रममा एमालेका लेखा समिती सदस्य डिबि शाहशन्कर,  जिल्ला सदस्य तथा दलित फाट इन्चार्ज केदार बराइली लगायतले दलित समुदायको हक अधिकार स्थापित गर्न जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।

समाजको जिल्ला अध्यक्ष नारायण परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिब पर्शुराम यादवले पनि दलित समुदायको अवस्था सुधार गर्न आवस्यक रहेको बताए । कार्यक्रमको अवशरमा भोक्राहा नरसिंह गाउपालिकाका ७ जना जनता समाजबादि पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । समाजबादीका भोक्राहा नरसिंह गाउँपालिकाका सभापती भुमी सुधार उरावको नेतृत्वमा ७ जना एमाले प्रबेश गरेका हुन । उनिहरुलाइ स्थायी कमिटी सदस्य तथा पुर्वमुख्य मन्त्री आचार्य, केन्द्रिय सदस्य तथा धरान उपमहानगरपालिकाकि पुर्व उपमेयर मन्जु भन्डारी सुबेदिले स्वागत गरेका थिए ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved