धरान / नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन गरेको हो । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोक
धरान/ चिसो बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका कुरुवालाई समस्या हुने गरेको छ । चिसो मौसमकै कारण रुघाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ । सप्तरीका रामविलास यादवले बाबुलाई पेटको समस्या भएपछि एक महिना अघि उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनी अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघाँ खोकी लाग्ने र टाउँको दुखेको उनी बताउ“छन । उनी भन्छन्, ‘लगातार चिसो भुईमा म्याट्रेस ओछ्याएर सुतेको १५ दिन भयो, अहिले
धरान । विगत दुई महिना देखि छुट्टा छुट्टै नगर समिती बनेर विवादमा रहेको नेकपा एमालेको धरान कमिटीको समस्या समाधान उन्मुख रहेको छ । गत कार्तिक ९ गते धरान उपमहानगर अधिवेसनले संस्थापन पक्षबाट हर्कजंग एभेङ र इतर समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको थियो । स्थानीय नेताहरुले पटक पटक विवाद समाधान गर्न प्रयास गरे पनि साम्य नभए पछि केही दिन भएको एमालेको सुनसरी जिल्लाको पुर्ण बैठकले विवाद समाधानका लागि कार्यदल बनाएको थियो । पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन दबाब परेको थियो । जिल्ला अध्यक्ष खेमराज पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलले हर्कजंग एभेङलाई
धरान/ चालिस वर्ष अघि खरिद गरेको जग्गामा मोही दाबी गरेका यज्ञ बहादुर क्षेत्रीको नाममा मालपोत तथा भुमिसुधार कार्यालयले मोही नामसारी गरिदिए पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा संरक्षण गर्न सरोकारवाला पक्षहरु एकताबद्ध भएका छन् । खरिद गरेको वर्ष देखिनै क्याम्पसले भोगचलान गर्दै आएको जग्गामा एकाएक मोही दाबी गर्दै आए पछि क्याम्पसका प्राध्यापक, कर्मचारी सहित विद्यार्थी, धरानका नागरिक समाज मालपोत तथा भुमिसुधार कार्यालयको निर्णयको विरुद्धमा एकताबद्ध भएका छन् । क्याम्पसको तर्फबाट बुधबार उच्च अदालतमा पुनरावेदन बुझाउन जाने कार्यक्रममा समेत सहभागि हुने प्रतिबद्धता जनाएका छन् । मोही जग्गा प्रकरणब
धरान । धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा तिन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवाल सहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्ति कुमार राई ९विनोद०, रमेशकुमार शाह कृषक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् । कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अ
धरान/ धरान उपमहानगपालिकाले गुरु योजना बनाएका अधिकांश योजनाहरुको भौतिक संरचना समयमै बन्न नसक्दा अन्य परियोजनामा परिणत भएका छन् । तत्कालीन मेयर ध्यानबहादुर राईले २१ बर्ष अघि धरान १७ मा सप्तरंगी पार्क बनाउने योजना अगाडि सारे, सोही अनुरुप त्यहा भौतिक संरचना निर्माण भए तर आधा पनि काम नहुँदै काम रोकियो । यस्तै तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गवोले १९ बर्ष अगाडि धरानको भानुचौकमा रहेको सब्जी बजारलाई हटाएर सपिङ्ग कम्प्लेक्स बनाउने योजना अगाडि सारे, त्यो पनि पुरा हुन नसक्दा अहिले ट्याक्सी, टेप्पोको स्टेन बनेको छ । सपिङ कम्प्लेक्स बनाउने योजना तुहियो । यस्तै ५ बर्ष अघि धरान वडा नम्बर १३ वडाकार्यालय
धरान । तत्कालिन धरान नगरपालिकाले गुरुयोजना अनुसार पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्न २१ वर्ष अघि सप्तरंगी पार्क बनाउन थालेको हो । धरान १७ मा रहेको सप्तरंगी पार्कले अहिले सम्म पनि पुरा हुन नसक्दा अझै लथालिंगनै छ । विडिआर भन्ने संस्थासंग सहकार्य गरेर ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहिद स्मारक पार्क, बाल उद्यायन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकिएको थियो । तत्कालिन अवश्थामा करिब ३ करोड रुपैया लगानी गरेको थियो । यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गा अहिले ९ विगाहा क्षेत्रफलमा मात्रै संप्तरं
धरान । नेपाल शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ को पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट टपयुनिभर्सल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । धनकुटाको हिले स्थित माउण्ट होराइजनमा भएको संघको बुधबार सम्पन्न सभाले अध्यक्षमा लकान्द्री सहित ७ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला छन् । समितीको अर्को बैठकले दुई सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लकान्द्रीले बताए । उनले संघलाई गुणस्
धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी हरुले प्रमुख पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्बोच्च अदालतले दिएको आदेश कार्यन्वयनमा अवरोध गरे पछि आन्दोलनरत डा। सुर्य प्रसाद रिमाललाइ १ हप्ता भित्र स्पष्टीकरण दिन सर्बोच्चले आदेश दिएको छ । पुस ६ गतेको तेज बहादुर केशीको एकल इजलाशले १ हप्ता भित्र फैसला कार्यान्वयन गर्नु नपर्ने कारण खुलाइ हाजिर हुन आदेश गरेको छ । गत मंसिर २१ गते नवराज विष्टले दिएको निबेदन मा फैसला गर्दै प्रतिष्ठानमा लगाएको ताला खोल्न सर्बोच्चले आदेश दिएको थियो । सर्बोच्चको आदेश अनुसार स्थानीय प्रहरी प्रशासनले ता
धरान/ बजेट विनियोजन भएर पनि कोरोनाका कारण कटौती भएको धरान स्थित जिल्ला ट्राफिक कार्यालयको भवन निर्माण योजना पुर्ण रुपमा सेलाएको छ । स्थानीय सरकारले पहल गर्न नसक्दा अन्तै जान लागेको भवन निर्माणको योजना ठप्प भएको हो । दुई वर्ष अघि प्रदेश नम्बर १ सरकारले २ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन सँगै धरान १५ स्थित नयाँ रात्रीकालिन बसपार्क परिषरमा ट्राफिक कार्यालयको भवन निर्माण गर्न लागिएको थियो । तर कोरोनाको जोखिम बढ्दै गए पछि बजेट रकमान्तर भएको थियो । ट्राफिक भवन निर्माणका लागि रकम अन्यत्रै लगे पछि भवन निर्माणको काम पनि ठप्प बनेको थियो । अहिले कोरोना संक्रमणको जोखिम कम