प्रश्नपत्र निर्माणमा बराहक्षेत्र शिक्षा समितिको लापर्बाही

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

चक्रघट्टी / बराहक्षेत्र नगरपालिकाको शिक्षा समितिअन्तर्गत परीक्षा समितिले तयार गरेको कक्षा ७ को प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेको छ ।
दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको छ । नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका छन् ।

‘पढाइ भएको पाठअनुसार प्रश्नहरु छैनन्, पुरानो पाठ्यक्रमअनुसार प्रश्नहरु सोधिएको पाइयो,’ वराहक्षेत्रस्थित एक विद्यालयका विषय शिक्षकले भने, ‘विद्यार्थीहरुमा अन्योलता भएपछि हामीले नयाँ पाठ्यक्रमअनुसार बोर्डमा प्रश्नहरु दियौं ।’

सोमबार भएको अंग्रेजी विषयमा पनि यस्तो त्रुटि फेला परेको थियो । तर नेपाली विषयमा भने त्रुटि झनै गम्भीर पाइएको विषय शिक्षकहरुको गुनासो छ । सामान्य रुपमा व्याकरण पक्ष मिले पनि अन्य प्रश्नहरु किताबभित्रबाट नभएको पाइएको शिक्षकहरुको गुनासो छ ।

‘हामीले विषयगत शिक्षकहरुको समूह निर्माण गरेर जिम्मेवारी दिने सम्बन्धमा बारम्बार कुरा उठाए पनि सुनुवाइ भएको थिएन’ बराहक्षेत्र १० स्थित प्रकाश माविका एक शिक्षकले भने, ‘शिक्षा समितिको भत्ता खाएर विद्यार्थीको भविष्यसँग खेलवाड गरेको पाइयो, यो मान्य हुँदैन ।’

बराहक्षेत्र शिक्षा शाखा प्रमुख देवेन्द्र मल्लले प्रश्नपत्र शिक्षा समितिले नबनाएको भन्दै जोगिने प्रयास गरे । तर प्रश्नपत्रमा भने ‘बराहक्षेत्र नगरपालिका परीक्षा समिति’ लेखिएको छ । यता परीक्षा तालिका समेत बराहक्षेत्र नगरपालिकाले सार्वजनिक गरेको थियो । समय तालिकामा ‘नगरस्तरीय अर्धवार्षिक परीक्षा २०७९ समय तालिका’ भनेर प्रकाशित गरिएको थियो ।

जसअनुसार मंगलबार नेपाली विषयको परीक्षा सञ्चालन भएको थियो । शिक्षा शाखा प्रमुख मल्लले कक्षा ८ को परीक्षामात्र शिक्षा समितिले लिने बताए । उनले अनौपचारिक रुपमा अन्य कक्षा र विषयको प्रश्नपत्र तयार गरिएको बताए । उनले प्रश्नपत्र निर्माणमा शिक्षा समितिको जवाफदेहिता नरहेको बताए ।

एकातिर प्रश्नपत्रमा पुरानो पाठ्यक्रमअनुसारका पुस्तकहरुबाट लिएका प्रश्नहरु छन् भने अर्कातिर हिज्जेमा समेत गम्भीर त्रुटि फेला परेको छ ।
नेपाली विषयका विज्ञ मदनराज बरालले यस्तो गैरजिम्मेवारी र त्रुटिमाथि टिप्पणी गरेका छन् ।

उनले शिक्षा समितिको लापरवाहीलाई ‘न दण्ड, न पुरस्कारः यो पनि सरोकारवालाको भ्रष्टाचार’ भन्दै टिप्पणी गरेका छन् । यो त्रुटिलाई ‘बराहक्षेत्र नगरपालिकाको पुरानो रोग’ का रुपमा अभिभावकहरुले समेत टिप्पणी गरेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved