घरमै पुगेर गुरुको सम्मान

  • पुस १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा : झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा बसोबास गर्दै आएका गणेशप्रसाद निरौला र वहाँकी धर्मपत्नीलाई घरमै गएर पूर्व विद्यार्थीले सम्मान गरेका छन् । बालसुबोधिनी संस्कृत मा.वि. मेदिवुङ ताप्लेजुङमा अध्ययनरत पूर्व विद्यार्थीहररूको साझा मञ्च ‘पूर्व विद्यार्थी समाज बा.सु.सं.मा.वि.’ मेदिवुङ, ताप्लेजुङको आयोजनामा ‘जेष्ठ गुरु सम्मान’ गर्ने कार्यक्रम अनुसार पौष १० गते आइतबार सम्मान गरिएको हो । उनले बा.सु.सं.मावि ताप्लेजुङमा वि.सं. २०१९ सालदेखि अनवरतरुपमा ७ वर्षसम्म अध्यापन गरेका थिए ।

saman 1

तत्कालीन फुङलिङ गाविस वडा नं. ३, बोझे ताप्लेजुङमा स्थायी बसोवास गरी वि.सं.२०२५ सालदेखि बुद्धशान्ति गाउँपालिका वडा नं–२, झापामा बसोवास गर्दै आएका गणेशप्रसाद र उनकी धर्मपत्नी समेतलाई उनीहरुकै निजी निवास पुगी समाजको तर्फबाट सहप्राध्यापक डा. रमेश घिमिरेले सुस्वास्थ्य एवं दीर्घ जीवनको कामनासहित दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गरिएको समाजका सहसचिव सागरमणि दाहालले बताए । कार्यक्रममा सम्मान मन्तव्य दुर्गाप्रसाद पौडेलले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजका सहसचिव दाहालले गरेका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved