विद्यार्थीलाई प्रतिवेदन लेखन प्रशिक्षण

  • पुस १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा ११ मा अध्ययनरत् आप्mना विद्यार्थीहरूलाई बिहीबार प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।

प्रशिक्षण लिएका विद्यार्थीहरूलाई शुक्रबार भ्रमणमा लगिने र सोही भ्रमणबारे प्रतिवेदन लेख्न लगाइने एकेडेमीका प्राचार्य मिलन राईले बताए । विद्यार्थीले लेखेका प्रतिवेदनमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार पनि प्रदान गरिने एकेडेमीका निर्देशक प्रदीप राईले जनाए ।

उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए । त्यस क्रममा विद्यार्थीहरूलाई प्रतिवेदनको अर्थ, महत्व, उद्देश्य, ढाँचाजस्ता विषयमा जानकारी दिइएको प्रशिक्षक विद्रोहीले बताए । सो अवसरमा एकेडेमीअन्तर्गत कक्षा ११ र १२ का संयोजक तपकुमार राई पनि उपस्थित थिए ।

विद्यार्थीहरूको पठनपाठनमा थप बल पु¥याउन प्रयोगात्मक किसिमको कार्यक्रम राखिएको प्राचार्य राईको भनाइ छ । विद्यालयले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्ने गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved