भेडेटार फुड फेस्टिबल सुरु पर्यटक भित्र्याउने मुख्य लक्ष्य

  • पुस १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ ।

३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ ।

राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् ।

उनले भनिन्–‘कोरोनापछिको यो फूड फेस्टिबल हो, हाम्रो लक्ष्य भनेको पहिलाकै पेरिफेरिमा पर्यटक भित्र्याउने र व्यापार गर्ने हो, यसपटकको फेस्टिबलमा साँगुरी गाउँपालिकाले समेत सपोर्ट गरेको छ, गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली पहिला होटल एसोसिएनकै अध्यक्ष भएका कारण उहाँले यो फेस्टिबल प्राथमिकताका साथ राख्नु भएको छ । विगतको बर्षहरुको फूड फेस्टिबल भन्दा यो फूड फेस्टिबलको महत्व अझ बढेर जाने हामीले अपेक्षा गरेका छौं ।’

फूड फेस्टिबलको अवसरमा सागुँरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली भेडेटारलाई केन्द्रबिन्दु बनाएर साँगुरीगढी गाउँपालिकाका आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यो फेस्टिबलले सहयोग पुग्ने बताए । उनले दुई बर्ष कोरोनाका कारण धेरै व्यवसायीहरु व्यवसायबाट विस्थापित भएको बताउदै पहिलाकै अवस्थामा पु¥याउन आन्तरिक तथा वाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउने लक्ष्य यो फूड फेस्बिलको उद्देश्य रहेको बताए ।

ggggggggggggggggg

उनले भने–‘भेडेटार सुनसरी र धनकुटाको संगम स्थल हो, यो पर्यटकीय स्थल भएकै कारण यो क्षेत्रले पर्यटनको क्षेत्रमा ठूलो भूमिका खेलेको छ, यो फेस्टिबलले थलिएको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्ने हामीले अपेक्षा लिएका छौं ।’

उनले आफू निर्वाचित भएपछि गाउँपालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना तयार गरेको बताए । पाँच बर्षभित्रमा साँगुरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजना गुरु योजनामा अगाडि सारिएको बताए ।

उनले भने–‘यहाँको रमणीय भौगोलिक क्षेत्र, विभिन्न जातजातिको संस्कृतिलाई जगेर्ना गर्ने, सागुरीगढी गाउँपालिकाको करिडोर अर्थात सागुरीगढी गाउँपालिकामा पर्ने सीमानाहरु धनकुटाको सहीदभूमि गाउँपालिका र सागुरीगढी गाउँपालिकाको सीमाना स्थल त्रिवेणीबाट ध्वजे डाँडासममको डाँडैडाडा करिब ५० किलोमिटरलाई पदमार्ग निर्माण गर्ने, खुवालुङदेखि ध्वजे डाँडासम्मको पदमार्ग बनाउने विषयमा गाउँपालिकाको नीति तथा कार्यक्रममा पास गरिसकेका छौं ।’ उनले यस बीचमा पर्ने बीच क्षेत्रलाई होमस्टेको रुपमा विकास गरेर लाने बताए ।

फूड फेस्टिबलको उद्घाटन प्रदेश १ का नवनिर्वाचित सांसद निरन राईले गरेका थिए । उद्घाटन अघि विभिन्न जातीय झाँकी प्रदर्शन गरिएको थियो । फेस्टिवल स्थलमा याक्थुम चुम्लुङ केन्द्र धरान, याम्फू किरात समाज सागुरीगढी, किरात राई यायोक्खा धरान, नेपाल मगर सङ्घ सागुरीगढी लगायतले जातीय, सास्कृतिक झाँकी प्रदर्शन गरेका थिए् ।

समारोहमा नेवार जातिको चर्या नृत्य, मगर जातिको हुर्रा, लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला प्रस्तुत गरिएको छ । फेस्टिवलभर ३० हजार आन्तरिक तथा वाह्य पर्यटकले स्थानीय कृषि उत्पादन र जातीय खानाका परिकारको स्वाद लिने आयोजकको विश्वास छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved