सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो ।
धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानबाट बनभोज तथा घुम्न जानेको संख्यामा बृद्धि भएको स्थानीयहरु बताउँछन् ।
केही समय अगाडि साथीहरुसँग वनभोजका लागि पुगेका धरान १५ का एक समूहले बर्जु ताल साच्चिकै आकर्षक स्थल भएको बताएका थिए । समूहमा गएका मध्ये सुमन बज्गाईले पूर्वमा वनभोज खाने ठाउँ अन्य स्थानमा पनि भए पनि बर्जु ताल छुटाउनै नहुने बताए । उनले भने–‘प्राकृतिक सौन्दर्यता, विभिन्न जातका चराहरु, तालमा राखिएका बोट चढ्न भएपनि बर्जु तालमा एक पटक पुग्न सबैलाई आग्रह गरे ।’
एक सय ५१ विगाहा बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जुताल १ सय विघा क्षेत्रमा जलाशय रहेको छ । हिन्दू धार्मिक ग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको मिथक कथनसँग जोडिएको सो तालमा चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेको छ । बर्जु गाउँपालिकाले पनि यसको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले बर्जु ताललाई पर्यटन प्रवद्र्धन गर्दै बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको बताएका छन् ।